किन गए प्रधानसेनापति चीन ?
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा असार १ गतेबाट चीनको भ्रमणमा गएका छन् । अमेरिका भ्रमणको कार्यसूची भए पनि उनी त्यसभन्दा अघि नै चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणा गएका हुन् । त्यहाँ चीनले विपद् व्यवस्थापनसम्बन्धी सामग्री दिने भनिए पनि यो भ्रमण त्यसका लागि नभएर सैन्य कूटनीतिसँग जोडिएको बुझिएको छ ।
स्रोतका अनुसार अमेरिकाले नेपाल र श्रीलंकालाई इन्डोप्यासिफिकमा राखेपछि त्यसबाट चीन सशंकित छ । यसलाई चीनले रुचाएको छैन । सैन्य कूटनीतिमा भारतलाई अविश्वास गर्दै दक्षिण एसियाको सैन्यसम्बन्धी गोप्य सूचना नेपाल र श्रीलंकामार्फत लिने रणनीति अमेरिकाले अपनाएको चीनको बुझाइ छ ।
चीन विआइआइमा अगाडि बढेपछि अमेरिकाले दक्षिण एसियामा सैन्य कूटनीतिमार्फत प्रभाव बढाउन इन्डोप्यासिफिक फोरमको प्रयोग गरेको चिनियाँ बुझाइ छ र यसमा नेपाललाई सहभागी गराएपछि त्यसबारे बुझ्न प्रधानसेनापतिलाई आमन्त्रण गरेको बताइन्छ । प्रधानसेनापति थापा साउनको अन्तिमतिर अमेरिका जाँदै छन् । अमेरिकाको भ्रमण तय हुँदासम्म उनको चीन जाने कुनै कार्यक्रम नभए पनि एक्कासि निमन्त्रणा आएपछि उनी त्यसतर्फ गएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply