किन गए प्रधानसेनापति चीन ?
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा असार १ गतेबाट चीनको भ्रमणमा गएका छन् । अमेरिका भ्रमणको कार्यसूची भए पनि उनी त्यसभन्दा अघि नै चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणा गएका हुन् । त्यहाँ चीनले विपद् व्यवस्थापनसम्बन्धी सामग्री दिने भनिए पनि यो भ्रमण त्यसका लागि नभएर सैन्य कूटनीतिसँग जोडिएको बुझिएको छ ।
स्रोतका अनुसार अमेरिकाले नेपाल र श्रीलंकालाई इन्डोप्यासिफिकमा राखेपछि त्यसबाट चीन सशंकित छ । यसलाई चीनले रुचाएको छैन । सैन्य कूटनीतिमा भारतलाई अविश्वास गर्दै दक्षिण एसियाको सैन्यसम्बन्धी गोप्य सूचना नेपाल र श्रीलंकामार्फत लिने रणनीति अमेरिकाले अपनाएको चीनको बुझाइ छ ।
चीन विआइआइमा अगाडि बढेपछि अमेरिकाले दक्षिण एसियामा सैन्य कूटनीतिमार्फत प्रभाव बढाउन इन्डोप्यासिफिक फोरमको प्रयोग गरेको चिनियाँ बुझाइ छ र यसमा नेपाललाई सहभागी गराएपछि त्यसबारे बुझ्न प्रधानसेनापतिलाई आमन्त्रण गरेको बताइन्छ । प्रधानसेनापति थापा साउनको अन्तिमतिर अमेरिका जाँदै छन् । अमेरिकाको भ्रमण तय हुँदासम्म उनको चीन जाने कुनै कार्यक्रम नभए पनि एक्कासि निमन्त्रणा आएपछि उनी त्यसतर्फ गएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply