दोहोरो चरित्रले दोहोलो
काठमाडौं । नेपाल राष्ट्र बैंकको दोहोरो चरित्रका कारण पछिल्लो समय लघुवित्त संस्थाहरू मर्जरमा जान समस्या उत्पन्न भइरहेको छ । राष्ट्र बैंकको नेतृत्वले स्पष्ट नीति नलिँदा लघुवित्त संस्थाहरूलाई मर्जरमा जान समस्या भइरहेको हो ।
राष्ट्र बैंकको नेतृत्वले लघुवित्त संस्थाहरूलाई मर्जरमा जान पछिल्लो समय दबाब दिँदै आइरहेको छ । अहिले देशभरमा करिब सयको हाराहारीमा लघुवित्त संस्थाहरू रहेका हुँदा मर्जरमा गएर पुँजी वृद्धि गर्न ती संस्थाहरूलाई राष्ट्र बैंक नेतृत्वले दबाब दिइरहेको हो । तर, लघुवित्त संस्थाहरूलाई मर्जरमा जान दबाब दिइरहे पनि लघुवित्त संस्थाहरूलाई लाइसेन्स दिने काम भने रोकिएको छैन । नयाँ लघुवित्त संस्था दर्ता गर्न रोकिए पनि पाइपलाइनमा रहेका संस्थाहरूलाई भने राष्ट्र बैंकले लाइसेन्स दिने काम गरिरहेको छ । यसबाट एकातिर लघुवित्त संस्थाहरूलाई लाइसेन्स दिने र अर्कोतिर मर्जरमा जाऊ भन्ने राष्ट्र बैंकको दोहोरो चरित्र स्पष्टै देखिएको छ ।
अहिले राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई मर्जरका लागि दबाब दिइरहे पनि विगतमा सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाएका संस्थाहरूलाई पनि लघुवित्तमा जान दबाब दिइरहेको छ । विगतमा राष्ट्र बैंकले गैरसरकारी संस्था र केही सहकारीलाई सीमित बैंकिङ कारोबार गर्न अनुमति दिएको थियो । तर, अहिले ती संस्थाहरूलाई पनि लघुवित्तमा जान दबाब दिइरहेको छ । राष्ट्र बैंकको यस्तो कार्यले लघुवित्त संस्थाहरू मर्जर भएर सीमित हुने नभई झनै संख्या बढ्ने देखिएको छ । विगत केही दशकयता ठूला बैंकहरूको सेवा नपुगेको ठाउँमा लघुवित्त संस्थाहरूले सेवा पु¥याउँदै आएको थियो । खासगरी, गरिब र विपन्न वर्गका लागि लघुवित्त संस्थाहरूले सहयोगीको भूमिका खेल्दै आएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply