नवप्रज्ञापनमाथि विमर्श
काठमाडौं । साहित्यिक त्रैमासिक नवप्रज्ञापनको ८४औं बहुभाषा कथा विशेषांक एक समारोहबीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । गत बिहीबार आयोजित एक विशेष समारोहमा विशेषांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, साहित्यकार एवं लघुकथा विज्ञ डा. पुष्करराज भट्ट, रेखांकन मासिकका प्रधानसम्पादक शैलेन्द्र केसी, अधिवक्ता शिव देवकोटालगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा पत्रिका प्रकाशक सम्पादक नवराज रिजालले अथक मेहनतका साथ विशेषांक प्रकाशन गरेको बताउँदै साहित्यिक पत्रकारिता चुनौतीपूर्ण मोडमा रहेको जानकारी दिए । उनले राज्यले साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको गुनासो उनको थियो ।
त्यसैगरी पत्रकार महासंघ काठमाडौँका अध्यक्ष बिडारीले नेपाली साहित्यिक पत्रकारिता जगतमा नवप्रज्ञापन त्रैमासिकको विशेष योगदान रहेको चर्चा गरे । उनले राज्यले गर्नुपर्ने काम व्यक्तिको प्रयासमा गरेकोमा नवप्रज्ञापन परिवारलाई विशेष धन्यवाद दिए । कृतिमा राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार सूचीकृति ११ भाषामध्ये १० भाषाभाषीको चर्चित कथाकारहरूको कथा समावेश छ ।
कार्यक्रममा कृतिका सहसम्पादक प्रमोद पाण्डेले सहभागीहरूलाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता विशेषाङ्क प्रकाशनको जमर्को जारी राख्ने बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply