नातेदारको नाम, आफैंबाट झ्वाम
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च तहका कर्मचारी नै मलको चलखेलमा लागेका छन् । पछिल्लो समय, मल खरिदमा सचिव युवकध्वज जिसीले नै धेरै चासो र तत्परता देखाइरहेको बुझिएको छ ।
अहिले मन्त्रालयको पहलमा ब्याक्टेरिया मल ल्याउन लागिएको छ । उक्त मल खरिद गर्नका लागि मन्त्रालयले १० करोड रुपैयाँ छुट्ट्याइएको छ । तर, व्याक्टेरिया मल खरिद र वितरण गर्ने जिम्मा भने सचिव जिसीका नातेदार कृष्ण जिसीले पाएका छन् । ब्याक्टेरिया मल खरिद गर्दा राम्ररी चलखेल गर्न सकिने भएको हुँदा सचिव जिसीले प्रक्रिया मिचेर आफ्नै नातेदारलाई खरिद र वितरणको जिम्मा दिइएको बुझिएको छ । उक्त मल जिल्ला–जिल्ला तहमा वितरण गर्न लागिएको छ ।
सचिव जिसीलगायत मन्त्रालयका उच्च तहका कर्मचारीहरूको ध्यान अहिले प्रांगारिक, भर्मी र कम्पोस्ट मल खरिदका लागि छुट्ट्याइएको करोडौं रकममा पनि परेको बुझिएको छ । अहिले मन्त्रालय मातहतको कृषि सामग्री कम्पनी लिमिटेडले २५ करोड रुपैयाँबराबरको प्रांगारिक मल खरिद गर्न लागेको छ । त्यति ठूलो परिणाममा प्रांगारिक मल खरिद गर्नुको पछाडि कमिसनको चक्कर नै मुख्य कारण रहेको बताइन्छ ।
संस्थानले २५ करोडको मल खरिद गरे पनि त्यसलाई भण्डारण गर्ने गोदामको भने अभाव रहेको बताइन्छ । केही वर्षअघि ठूलो परिणाममा प्रांगारिक मल खरिद गर्दा पनि संस्थानको गोदाम अभाव भएर मल त्यत्तिकै सड्न पुगेको थियो । अहिले पनि संस्थानको गोदामको क्षमता बढाइएको छैन । संस्थानको गोदामको क्षमताभन्दा बढी मल खरिद गर्दा विगतमा मल त्यत्तिकै खेर गएको नजिर हुँदाहुँदै किन अहिले ठूलो परिणाममा मल खरिद गर्न खोजिरहेको छ ? अहिले मल खरिदमा तत्परता देखाउने सचिव जिसी र कृषि व्यवसाय महाशाखाका कर्मचारीमाथि प्रश्न उठ्न पुगेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply