एसएसपीको छोरीको विवाहमा ठेकेदारको लगानी
काठमाडौं । असारको अन्तिममा नेपाल प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरूका लागि दौडधूप चल्ने गर्दछ । गुणस्तर टेस्ट गर्न पठाउनेदेखि टेस्ट भएका सामानहरू बुझाउन ठेकेदारहरू लागेका हुन्छन् । सामान पास नहुने हो कि भन्ने त्राहीमाम ठेकेदारहरूलाई हुन्छ । प्रहरी प्रधान कार्यालयको प्रबन्धदेखि आर्थिक प्रशासन महाशाखाका हाकिमहरूलाई खुसी बनाउन उनीहरू रातदिन लाग्ने गर्दछन् । यसरी ठेकेदारहरूको दौडधुप चलेकै समयमा आर्थिक महाशाखाका प्रमुख एसएसपी दीपक थापाले छोरीको विवाह कार्यक्रम सम्पन्न गरेका छन् ।
२०७६ असार १६ मा एसएसपी थापाको छोरीको विवाह थियो । विवाह भोज गैरीधाराको एलिस पार्टी प्यालेसमा थियो । उक्त भोजमा ठेकेदारहरूबाट राम्रै सहयोग उठाइएको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार करिब १४ सय निम्तालु सहभागी उक्त भोजमा ब्ल्याकलेबल, वाइनदेखि सबै पेय पदार्थ राखिएको थियो । प्रतिप्लेट १८ सय रुपैयाँमा निम्तालुका लागि खानाको व्यवस्था गरेका थापाको भोजमा प्रहरीमा डीएमएस बुटदेखि चुस्ताको ठेक्का पाएका ज्ञानेन्द्र बस्नेतदेखि टोपेन्द्र बीसीसम्म सहभागी थिए । राजमान मिश्र, रितेश अग्रवाल, पीताम्बर मुन्का, वीरेन्द्र जोशीलगायत ठेकेदारहरू पनि विवाह भोजमा निम्तालु थिए । आर्थिक प्रशासन महाशाखाको प्रमुख गुणस्तर हेर्ने कमिटीको संयोजक पनि हुने भएकाले थापाको छोरीको विवाहमा ठेकेदारहरूले मन फुकाएरै सहयोग गरेका थिए । असार १५ मै सामान बुझाउने अन्तिम समय हो । सामान बुझाएर भुक्तानी हुने दिन भएकाले पनि ठेकेदारहरूले आर्थिक प्रशासनका एसएसपीका छोरीको विवाहमा राम्रो सहयोग गरेका थिए । यसअघि आर्थिक प्रशासन महाशाखा प्रमुख हुँदा एसएसपी पवन खरेलले पनि छोरीको विवाह गरी ठेकेदारहरूबाट सहयोग लिएको चर्चा भएको थियो । वर्तमान एसएसपी थापाले पनि खरेल पथ अनुशरण गरी मौकाको सदुपयोग गरेका छन् ।
सामान नबुझाउँदै टेस्ट गर्न पठाइयो
नेपाल प्रहरीको भण्डार शाखाले केही ठेकेदारहरूलाई सामान पूरा नबुझाउँदै गुणस्तर परीक्षणका लागि पठाएको छ । नेपाल प्रहरीले गुणस्तर टेस्टका लागि भारतमा पठाउने गर्दछ । त्यसमा तीनवटा सामान पूरा नबुझाएका कम्पनी पनि छन् । आर्थिक प्रशासन महाशाखाका एसएसपी थापानिकट कम्पनी हुन् भन्दै भण्डार शाखाले गुणस्तर टेस्ट गर्न पठाएको छ । जबकि, सामान पूरा नबुझाई गुणस्तर टेस्ट गर्न पठाइँदैन । गुणस्तर हेर्ने कमिटीको आर्थिक प्रशासन महाशाखाका प्रमुख संयोजक हुन्छन् ।
गुणस्तरको मामिलामा आर्थिक प्रशासन प्रमुख उत्तम कार्की कानुनबमोजिम गर्ने भनेर चिनिन्छन् । उनी आर्थिक प्रशासन महाशाखा प्रमुख हुँदा तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले दिएको दबाबसमेत अस्वीकार गरेका थिए । नेपाल प्रहरीको प्रबन्धमा बसेर इन्स्पेक्टरबाट अवकाशपछि ठेक्कापट्टामा लागेका खिला केसीको २२ हजार जोर डीएमएस बुट गुणस्तर फेल भएपछि अर्यालले खिलाको कुरामा ‘पोजेटिभ भइदेऊ’ भन्दा पनि उनले अस्वीकार गरेका थिए । खिला केसीले तत्कालीन अख्तियार आयुक्त दीप बस्नेतमार्फत आईजीपी अर्याललाई दबाब दिएका थिए । बस्नेत खिला केसीका नातेदार थिए । तर एसएसपी कार्कीले त्यतिबेलाका आइजीपी अर्याललाई ‘केसीको फेल भएको डीएमएस बुटको भुक्तानी दिए मलाई मात्र होइन, तपाईलाई पनि हतकडी लाग्छ’ भनेर प्रतिवाद गरेका थिए । पछि केसीको कम्पनी कालोसूचीमा प¥यो । टोपेन्द्र बीसीको ३ हजार थान स्लिपिङ ब्याग गुणस्तर फेल हुँदा नेपाली कांग्रेस सुर्खेतका नेता हृदयराम थानीदेखि विभिन्न शक्तिकेन्द्रबाट दिएको दबाब पनि कार्कीले सुनेका थिएनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply