विषादी फैलाउन सचिव नै सक्रिय
काठमाडौं । भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने कार्य स्थगित गरेपछि अहिले सरकारी निर्णयलाई लिएर चौतर्फी विरोध सिर्जना भएको छ । भारत तथा तेस्रो मुलुकबाट भित्रिने तरकारी र फलफूल विषादीयुक्त भेटिएपछि भन्सार बिन्दुमा परीक्षण गर्न थालिए पनि भारतीय दबाबका कारण परीक्षण स्थगित गरिएको थियो ।
विषादी परीक्षण स्थगितपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘आफूलाई सचिवहरूले फसाएको’ आरोप लगाए । तिनै आरोपित सचिवमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसी पनि पर्दछन् । मन्त्री यादवद्वारा आरोपितमध्येका एक सचिव डा. जीसीले विषादी परीक्षणका लागि कसरी नकारात्मक भूमिका खेल्दै आएका रहेछन् भन्ने तथ्य बिस्तारै खुल्न थालेको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयको मातहतमा विषादी परीक्षण गर्ने एउटा मात्रै विषादी व्यवस्थापन केन्द्र रहेको छ । आधिकारिक रूपमा विषादी परीक्षण गर्ने जिम्मेवारी सो केन्द्रको हो । तर, सचिव जीसीले भने ६–७ महिनाअघि सो केन्द्रले पाउँदै आएको जिम्मेवारी खोसेर कृषि विभागमातहत रहेको केन्द्रीय कृषि प्रयोगशालालाई सुम्पिएको छ । सो प्रयोगशालाको काम विषादी परीक्षण गर्ने होइन ।
मन्त्री जीसीले विषादी व्यवस्थापन केन्द्रले पाउँदै विषादी परीक्षण गर्ने जिम्मा खोसेर प्रयोगशालालाई सुम्पिनुको पछाडि सचिव जीसी र केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माबीचको टसलले भूमिका खेलेको बताइन्छ । करिब एक वर्षअघि केन्द्रको प्रमुख बनेर डा. शर्मा आएदेखि नै सचिव जीसीले उनलाई जिम्मा दिन चाहिरहेका थिएनन् । पछि सचिव र डा. शर्माबीच टसल बढ्दै गएपछि ६÷७ महिनाअघि केन्द्रले पाउँदै आएको जिम्मेवारी खोसेर प्रयोगशालालाई दिइएको हो ।
कृषि प्रयोगशालाको काम भने विषादी परीक्षण गर्ने होइन । माटोमा भएको न्युट्रिसन्सहरूको परीक्षण गर्ने, बीउबिजनमा भएको रोगबारे पत्ता लगाउने र बालीनालीमा हुने कीराहरूको प्रकोपबारे अनुसन्धान गर्नेजस्ता कार्य प्रयोगशालाको कायक्षेत्रभित्र पर्दछ । तर, सचिव र डा. शर्माबीच टकराव परेपछि केन्द्रले गर्दै आएको कार्य खोसेर प्रयोगशालालाई दिइएको बताइन्छ । सो प्रयोगशालामा विषादी परीक्षण गर्ने कर्मचारी नै छैनन् । जुन कार्यालयमा दक्ष जनशक्ति नै छैन, त्यस्तो कार्यालयलाई किन विषादी परीक्षणको जिम्मा दिइयो ? यस्तो प्रश्न कृषि मन्त्रालयकै कर्मचारीहरूले उठाउँदै आइरहेका थिए । केही दिनअघि उद्योग सचिव यामकुमारी खतिवडाले पनि कृषि सचिवका कारण विषादी परीक्षण कार्यमा समस्या आएको बताएकी थिइन् ।
यसैबीच, उद्योग मन्त्री यादवले देशमा एउटा मात्रै विषादी मापन गर्ने प्रयोगशाला रहेको बताए पनि कृषि मन्त्रालयमातहतमा भने देशका विभिन्न सात ठाउँमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापित छन् । ती प्रयोगशालाहरू आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएका छन् । बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, नेपालगन्ज र अत्तरियामा त्यस्ता विषादी प्रयोगशाला रहेका छन् । ती प्रयोगशालाहरूमा विषादी परीक्षण हुँदै आएका छन् । सरकारले पनि अहिले स्थगित गरेको विषादी परीक्षण पुनः चालू गरिए तिनै प्रयोगशालाहरूमा परीक्षण गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply