प्रहरी, प्रशासन र नेताको मिलमतोमा करोडौंको ‘बुद्धचित्त’ कब्जा
काठमाडौं । अदालतको आदेश अवज्ञा गर्दै करोडौंको ‘बुद्धचित्त’ स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूको मिलेमतोमा कब्जा गरिएको छ । काभ्रेको रोशी गाउँपालिका–५ सिफालेमा रहेको करोडौं पर्ने ‘बुद्धचित्त’ माला स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूको मिलेमतोमा उच्च अदालत पाटनको फैसला अवज्ञा गर्दै टिपिएको हो ।
काभ्रेको रोशी गाउँपालिका–५ (साबिकको सिसाखानी–९) मा स्रेस्ता कायम रहेको नीरबहादुर तामाङको कित्ता नं. ९७३ र ९७७ मा रहेको ठूलो बुद्धचित्तका मालाका दानाहरू ‘बुद्धचित्त’ माला स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूको मिलेमतोमा गत २६ असार २०७६ मा टिपिएको हो ।
के हो प्रकरण ?
१० साउन २०७६ मा जग्गाधनी नीरबहादुर तामाङले काभ्रे तेमाल गाउँपालिका–६ का ठेकेदार सत्यमान लामाबीच कित्ता नं. ९७३ र ९७७ मा रहेको ठूलो बुद्धचित्तका मालाका दानाहरू फल लाग्न अगाबै ठेक्कामा दिएका थिए । कित्ता नं. ९७३ र ९७७ मा रहेको ठूलो बुद्धचित्तका मालाका ८० लाख रुपैयाँमा तामाङले लामालाई ठेक्का दिएका थिए । सम्झौतामा भनिएको छ, ‘ठूलो रूखमा जे–जति बुद्धचित्तका मालाहरू फले पनि यसै सम्झौतका आधारमा सबै दाना दोस्रो पक्ष (सत्यमान लामा) ले लिन पाउनेछ ।’
यसैगरी सोही कित्ता नं. ९७३ र ९७७ मा सँगै जोडिएको कित्ता नं. ९७९ मा रहेको जग्गा भने नीरबहादुर तामाङसहित उनको परिवारका सदस्यहरू वीरबहादुर तामाङ, ठकु तामाङ, धनबहादुर तामाङ, दिलकुमार तामाङ, शेरबहादुर तामाङको रहेको छ । कित्ता नं. ९७९ मा रहेको बुद्धचित्तका मालाहरू भने अर्का ठेकेदार दुर्गालाल तामाङ र मानबहादुर तामाङले ठेक्का लिएका थिए । गत २५ फागुन २०७६ मा तामाङद्वयले ९७९ कित्ता नं.का बुद्धचित्त टिप्नेगरी नीरबहादुरको परिवारसँग ठेक्कामा लिएका हुन् ।
यी तिनैवटा जग्गा आपसमा जोडिएका थिए । यी दुवै जग्गाका बीचमा जोडिएका ठूलो बुद्धचित्तको मालाहरू ठेकेदार दुर्गालाल–मानबहादुर तामाङ र अर्का ठेकेदार सत्यमान लामा दुवैले दाबी गरेका थिए । ९७९ कित्तामा रहेका जग्गा नीरबहादुरसहित उनका परिवारको सदस्यहरू वीरबहादुर तामाङ, ठकु तामाङ, धनबहादुर तामाङ, दिलकुमार तामाङ, शेरबहादुर तामाङको रहेको छ । तर, ठेकेदार दुर्गालाल तामाङ र मानबहादुर तामाङले नीरबहादुर तामाङ अर्थात् उनले ठेक्का दिएका सत्यमान लामालाई बुद्धचित्त माला नदिने अडान लिएपछि विवाद बढेको थियो ।
विवाद बढेपछि कित्ता नं. ९७९ को जग्गाको बुद्धचित्तमाथि आफ्नो पनि हकमागसहित उच्च अदालत पाटन ललितपुरमा नीरबहादुर तामाङले मुद्दा दायर गरेका थिए । नीरबहादुरको निवेदन माथि गत ५ असार २०७६ मा फैसला गर्दै उच्च अदालत पाटनले कित्ता नं. ९७९ को जग्गमा रहेको बुद्धचित्त मालाको हिस्सेदार नीरबहादुरको रहेको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि ठेकेदार दुर्गालाल तामाङ र मानबहादुर तामाङले आफैंले मात्रै टिप्ने अडान लिएपछि यो विवाद प्रशासन, प्रहरी, स्थानीय नेता र विप्लव नेकपासम्म पुगेको थियो । स्थानीय नेताहरू रत्न ढकाल, लालध्वज लामा, विप्लव नेकपाका नेता सागर मैनाली, सत्तारूढ नेकपाका विद्यार्थी नेता दूधराज लामालगायत नेताहरू ठेकेदार दुर्गालाल तामाङ र मानबहादुर तामाङ पक्षमा उभिएका थिए ।
स्रोतका अनुसार यो विवाद गृह मन्त्रालयसम्म पुगेको थियो । गृहसचिव प्रेमकुमार राईले पनि अदालतको फैसलाअनुसार ‘गाउँका भद्रभलादमी’ सबैको उपस्थितिमा दुवै पक्ष बसेर बुद्धचित्त टिप्न सल्लाह दिएका थिए । तर, गृहको सुझाव र अदालतको आदेशविपरीत चलखेल सुरु भएको थियो । स्रोतका अनुसार यो विवाद उपराष्ट्रपति पुत्र अनेरास्ववियुका नेता दीपेश पुनसम्म पुग्यो । यसपछि दीपेशलगायतका समूहहरूले काभ्रे प्रहरी प्रमुख जयराज सापकोटा, जिल्ला प्रमुख अधिकारी उदयबहादुर रानामगर र तत्कालीन काभ्रे प्रहरी प्रमुख तथा हालका अपराध अनुसन्धानका प्रमुख सहकुल थापा समेतसँग मिलेर सेटिङ मिलाएका थिए ।
उनीहरूले ठेकेदार सत्यमान लामा बाहिर रहेसम्म बुद्धचित्त टिप्न नसकिने निचोड निकालेपछि १७ असार २०७६ मा लामालाई ठगीको आरोपमा नियन्त्रणमा लिएका थिए । प्रहरीले काभ्रेका गुन्डा सत्यमान लामालाई ठगी आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो ।
लामा अहिले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको हिरासतमा छन् । उनी हिरासतमा रहेको समयमा नै २६ असार २०७६ मा काभ्रेको रोशी गाउँपालिका–५ सिफालेमा रहेको करोडौं पर्ने ‘बुद्धचित्त’ माला टिपिएको हो । स्रोतका अनुसार प्रहरीको सुरक्षामा साझा छापामार शैलीमा गएर ठेकेदारहरूले माला टिपेका थिए ।
बुद्धचित्तको माला टिप्नलाई वातावरण बनाउनकै लागि अर्का ठेकेदार सत्यमानलाई ठगीको मुद्दामा पक्राउ गरेर सेटिङ मिलाएको स्रोतको दाबी छ । ती स्रोतले भन्यो, ‘सत्यमानलाई भित्र हालेर छापारमार शैलीमा करोडौंको दाना टिपियो ।’ अपराध अनुसन्धान महाशाखाका प्रमुख थापा, काभ्रे प्रहरी प्रमुख सापकोटालगायतलाई पनि नेताहरूले प्रभावमा पारेर सेटिङ मिलाइएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply