४० प्रतिशत नेतालाई नयाँ जिम्मेवारीको गृहकार्य भूगोलमा खटिए २ सय ६३ नेता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४० प्रतिशत नेतालाई केन्द्रीय विभाग र जनसंगठनको काममा खटाउनेगरी थप कार्यविभाजनको गृहकार्य गरेको छ ।
पछिल्लो सचिवालय बैठकले ८३ इन्चार्ज र १ सय ५२ सहइन्चार्जसहित २ सय ३५ नेतालाई भूगोलमा जिम्मेवारी दिएको छ । अघिल्लो असोजमा सात प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहित २८ नेताले जिम्मेवारी पाएका थिए । यससहित २ सय ६३ नेताहरूलाई भूगोलको जिम्मेवारीमा खटाइएको महासचिव विष्णु पौडेलले जनाएका छन् । अहिले दुई अध्यक्षसहित ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ४ सय ३७ जना केन्द्रीय कमिटीमा छन् । कार्यविभाजन सकिँदा दुई अध्यक्षबाहेक ४ सय ३५ नेताले जिम्मेवारी पाउने महासचिव पौडेलले हिसाब निकालेका छन् ।
तत्कालीन केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र डीआर पौडेलको निधन भएको छ भने डा. वंशीधर मिश्र बंगलादेशको राजदूतमा नियुक्त भएका छन् । त्यस्तै, समिममिया अन्सारीले राजीनामा दिएकाले ती पद रिक्त छन् ।
बिहीबार बस्ने सचिवालय बैठकबाट ३२ केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तथा २२ जनसंगठनमा इन्चार्ज र सहइन्चार्ज तोक्ने नेकपाको तयारी छ । बाँकी केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास कमिटीमासमेत केही केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाउनेछन् । तर, यी तीनवटै कमिटीका एकीकरण सम्पन्न भइसकेका छैनन् । विभागीय सचिवहरू भने केन्द्रीय सदस्यमध्येबाट सचिवालयबाटै तोक्ने कि प्रमुख र उपप्रमुखलाई जिम्मा दिने विकल्पमा छलफल बाँकी रहेको बताइएको छ ।
१६ जिल्लामा तोकिएनन् सहइन्चार्ज
८३ जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज तोकिएकोमा १६ जिल्लामा नेकपाले सहइन्चार्ज तोकेको छैन । ताप्लेजुङमा भाष्कार काफ्ले, सप्तरीमा रामप्रीत पासवान, नुवाकोटमा महेन्द्र पाण्डे, काभ्रेमा गोकुल बास्कोटा, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, नवलपरासी पश्चिममा बैजनाथ चौधरी एकल जिम्मेवारीसहित इन्चार्ज तोकिएका छन् ।
त्यस्तै, मुस्ताङमा श्रीमाया थकाली, गुल्मीमा दिनेश पन्थी, प्युठानमा कृष्णध्वज खड्का, कालिकोटमा महेन्द्रबहादुर शाही, हुम्लामा विजय भण्डारी, डोल्पामा हंशबहादुर शाही, दार्चुलामा गणेश ठगुन्ना, इलाममा धीरेन्द्र शर्मा, ओखलढुंगामा यज्ञराज सुनुवार र धनकुटा हेमराज भण्डारीलाई इन्चार्ज तोकिएको छ । तर यी जिल्लाहरूमा सहइन्चार्ज तोकिएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply