निमित्तकै हातमा डाडुपन्यु
काठमाडौं । बितेको डेढ वर्षयता नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नेतृत्वविहीन रूपमा चलिरहेको छ । लामो समयदेखि कायममुकायम र निमित्तको भरमा सो संस्था चल्दा प्रभावकारी रूपमा कामकारबाहीहरू अघि बढ्न सकिरहेको छैन ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सो मन्त्रालयको नेतृत्व लिएको पनि करिब डेढ वर्ष नै पुग्दै छ । तर, नार्कमा कार्यकारी–निर्देशक नियुक्त गरेर कृषि क्षेत्रको अनुसन्धानलाई गति दिनमा भने मन्त्री खनाल पनि चुक्दै आएका छन् । मन्त्री खनालको प्राथमिकताभित्र नपरेर नै हुनसक्छ, एकपछि अर्को कामु र निमित्तले नार्कलाई चलाइरहेका छन् ।
पछिल्लो समय भने कामु पाएका डा. टेकबहादुर गुरुङको पनि अवधि सकिएपछि उनले नै निमित्त चलाइरहेका छन् । ऐनअनुसार कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कामु दिन पाइँदैन । डा. गुरुङले कामु पाएको ६ महिना बितेको हुँदा करिब दुई हप्तायता नार्क निमित्तको भरमा चलिरहेको छ । अहिले भने डा. गुरुङ अमेरिका भ्रमणमा रहेका हुँदा उनले मुख्य वैज्ञानिक डा. दीपक भण्डारीलाई निमित्त दिएका छन् ।
डेढ वर्षअघि डा. वाइआर पाण्डेको पदावधि सकिएपछि डा. वैद्यनाथ महतोले कामु चलाएका थिए । उनको पनि अवधि सकिएपछि डा. गुरुङले कामु पाएका थिए । तर, कामुमा एक पटकभन्दा बढी चलाउन नपाइने भएपछि अहिले निमित्तको भरमा नार्क चल्न पुगेको हो ।
अहिले नार्कको कार्यकारी–निर्देशकमा चारजनाले दाबी गर्दै आएका छन् । त्यसमा बाली तथा बागवानी महाशाखा सम्हालिरहेका मुख्य वैज्ञानिक डा. दीपक भण्डारी, प्रशासन महाशाखाका प्रमुख वरिष्ठ वैज्ञानिक डा. सीताराम अर्याल, योजना महाशाखाका प्रमुख रामचन्द्र अधिकारी र लेखाका प्रमुख रामबहादुर केसी रहेका छन् । वरिष्ठताका आधारमा कार्यकारी–निर्देशक पाउनुापर्नेमा डा. गुरुङपछि डा. भण्डारी नै हुन् । तर, मन्त्री स्वयंले कार्यकारी–निर्देशक नियुक्त गर्नेमा तत्परता नदेखाउँदा निमित्तको भरमा नार्क चलाउनुपरिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply