अपांगका नाममा गोपालको मनपरी
काठमाडौं । आफ्नै छोरा र आफन्तलाई बोर्डमा ल्याउन मानिसहरूले कतिसम्म हर्कत गर्न सक्दा रहेछन् भन्ने दृष्टान्त राष्ट्रिय अपांग कोषका सभापतिले देखाएका छन् । कोषका सभापति गोपाल भण्डारीले आफ्नै छोरा र एकजना आफन्तलाई बोर्डमा नियुक्त गर्न समय छँदै दुईजना बोर्ड सदस्यलाई हटाएका छन् ।
समाजकल्याण परिषद्अन्तर्गत रहेको उक्त कोषका सभापति भण्डारीले एक महिना समयावधि छँदै कोषका दुईजना बोर्ड सदस्यहरूलाई जबर्जस्ती हटाएका हुन् । सभापति भण्डारीको कोपभाजनमा पर्ने बोर्ड सदस्यहरू जुना घिमिरे र सुलोचना बानियाँ हुन् । चारवर्षे कार्यकाल पूरा हुन एक महिना बाँकी छँदा नै उनीहरूलाई हटाइएको हो ।
बोर्ड सदस्यद्वय घिमिरे र बानियाँलाई हटाएकै दिन सभापति भण्डारीले आफ्ना छोरा र एकजना आफन्तलाई बोर्ड सदस्य नियुक्त गरेका थिए । उनीहरूलाई हटाएकै दिन कोषले हतारहतार पदपूर्ति समिति गठन गरेको थियो । सो समितिले त्यही दिन नै दुई जनालाई नियुक्त गरेर बोर्डबाट पारित गराएका थिए ।
पदावधि बाँकी छँदै आफूहरूलाई हटाएपछि घिमिरे र बानियाँले सभापति भण्डारीलाई भेटेर आपत्ति जनाएका थिए । हटेका बोर्ड सदस्यहरूले आपत्ति जनाएपछि सभापति भण्डारीले ‘म थमौती गर्छु’ भनेर आश्वासन दिएका थिए । तर, सभापति भण्डारीले आश्वासन दिए पनि पूरा भने गरेनन् ।
दुईजना बोर्ड सदस्यहरूलाई हटाउन खोज्दा कोषका सचिव यम मैनालीले सुरुमा असहमति जनाएका थिए । मैनालीले ‘उनीहरूको पदावधि बाँकी नै छ, हटाउँदा समस्या आउन सक्छ, नहटाऊ । आखिर एक महिना त बाँकी छ नि’ भनेर सभापति भण्डारीलाई सम्झाएका थिए । तर, उनीहरूको समयावधि सकिएपछि अरूलाई नियुक्त गर्न दबाब आउने ठानेर भण्डारीले हतारहतार दुई सदस्यलाई हटाई आफ्नै छोरा र आफन्तलाई नियुक्त गरेको बताइन्छ ।
यसरी नै कोषका सभापति भण्डारीले अनेक अनियमितता गरेको थाहा पाएपछि बोर्ड सदस्य छवि खनालले खुलेरै विरोध गरेको बताइन्छ । खनालले भण्डारीलाई चेतावनी दिँदै ‘तपाईंले धेरै अनियमितता गर्न थाल्नुभयो, यसरी नै अनियमितता गर्दै जानुभयो भने म अख्तियारमा जान सक्छु’ भनेका थिए । तर, खनालले चेतावनी दिए पनि भण्डारीले कुनै वास्ता नगरेको बुझिएको छ ।
तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीता खड्काको पालामा नियुक्त भएका भण्डारीले कोषको जिम्मेवारी पाएपछि मनपरी ढंगले काम गर्दै आएको बताइन्छ । अरूका कुरा सुन्नेभन्दा पनि आफ्नै कुरा मात्र लाद्ने, मनपरी गर्ने काममा उनी सक्रिय रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply