भिजिट नेपालको नाममा इटालीको सयर
काठमाडौं । भिजिट नेपाल–२०२० का लागि छुट्ट्याइएको बजेट सिध्याउन विदेश भ्रमणको तारतम्य प्रारम्भ भएको छ । भिजिट नेपाल–२०२० लाई प्रवद्र्धन गर्ने नाममा विदेश जाने क्रम सुरु भएको छ ।
भिजिट नेपाल–२०२० लाई प्रवद्र्धन गर्ने भनी हिजो मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, भिजिट नेपाल– २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी इटाली उडेका छन् । उनीहरू इटालीमा रहेका गैरआवासीय नेपालीहरूको निम्तोमा भिजिट नेपाल–२०२० लाई प्रवद्र्धन गर्न त्यतातिर लागेका हुन् । सो भ्रमणका लागि भिजिट नेपाल–२०२० सचिवालयले २० लाख रुपैयाँ छुट्ट्याएको थियो ।
इटालीमा रहेका गैरआवासीय नेपालीहरूले सो कार्यक्रमको आयोजना गरे पनि त्यसले पर्यटन प्रवद्र्धनमा खासै सहयोग नपु¥याउने बताइन्छ । इटालीमा रहेका नेपालीहरूबीच कार्यक्रम राखेर त्यसले इटालीका नागरिकहरूलाई नेपाल भ्रमण गर्न आकर्षित नगर्ने बताइन थालिएको छ । तर, भिजिट नेपाल– २०२० का निम्ति सरकारले दिएको १० करोड बजेटमध्ये इटाली भ्रमणका लागि २० लाख छुट्ट्याइएको थियो र त्यही बजेट सिध्याउन सचिवसहितलाई लिएर राष्ट्रिय संयोजक वैद्य इटालीतिर उडेका हुन् ।
इटाली घुमफिर गर्न संयोजक वैद्य सचिव र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई लिएर गए पनि नेपालमा भिजिट नेपाल–२०२० कामहरू भने त्यति अगाडि बढ्न सकेका छैनन् । भिजिट नेपाल– २०२० आउन केही महिना बाँकी रहे पनि अहिलेसम्म राष्ट्रिय स्तरमा सल्लाहकार कमिटी गठन गरिएको छैन । संयोजक वैद्यले भिजिट नेपाल–२०२० को कमिटीको बैठक पनि चासो दिएर डाक्ने गरेका छैनन् । कमिटीमा रहेका एकाध सदस्यहरूसँग मात्र सरसल्लाह गर्ने र अरू सदस्यहरूलाई बेवास्ता गर्ने काम वैद्यले गरिरहेको बताइन्छ । तर, यही बीचमा वैद्यले पर्यटन विज्ञ भनेर निकी श्रेष्ठलाई नियुक्त गरेका छन् ।
भिजिट नेपाल–२०२० का संयोजक वैद्यको कार्यशैलीलाई लिएर कर्मचारीहरूमा पनि असन्तुष्टि बढिरहेको छ । भिजिट नेपाल– २०२० को सचिवालयमा उपसचिवको हैसियतले काम गर्ने भनी जिम्मेवारी दिएर मन्त्रालयबाट पठाइएका उपसचिव दीपक थापा आफ्नो असन्तुष्टि पोख्दै मन्त्रालयमै फर्किएका छन् । मन्त्रालयमै फर्किएका उपसचिव थापाले भिजिट नेपाल–२०२० को कार्यालयमा रङरोगन गर्दा बढी पैसा लागेको, खर्चमा पारदर्शी नअनाइएको भनी असहमति जनाएका थिए । तत्कालीन शिक्षा मन्त्रालय रहेको केशर महलमा भिजिट नेपाल–२०२० को कार्यालय राखिएको छ र सो कार्यालय रङरोगन गर्नका लागि ४० लाख रुपैयाँ खर्च गरिएको थियो । तर, रङरोगनमा त्यति पैसा नलाग्ने भनी उपसचिव थापाले असहमति जनाएका थिए ।
उपसचिव थापालाई मन्त्रालयमा फर्काएपछि अहिले उनको ठाउँमा मन्त्रालयका उपसचिव नीलमकुमार न्यौपानेलाई पठाइएको छ । भिजिट नेपाल–२०२० को कामले अपेक्षाकृत रूपमा गति लिन नसकेपछि न्यौपानेलाई पठाइएको बताइन्छ । यसैबीच, भिजिट नेपाल– २०२० को कामलाई चुस्त रूपले अघि बढाउन प्रवक्ता, सूचना अधिकारीहरू राखेर काम गर्नुपर्ने सुझाव संयोजक वैद्यलाई कर्मचारीहरूले दिए पनि उनले अहिलेसम्म त्यस दिशातिर कुनै चासो नदिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply