सचिवहरू को–को हट्दै ?
काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सातजना नेपाल सरकारका सचिव छिट्टै अवकाश हुने भएका छन् । उमेर हद तथा सेवा अवधिका कारण उनीहरू अवकाश हुन लागेका हुन् । राज्यको वर्षौदेखिको लगानी, तालिम अन्य सेवा सुविधा खर्च भएका यस्ता सचिवहरू एकैचोटि अवकाश हुँदा नयाँलाई मौका हुने भए पनि राज्यलाई भने व्ययभार पर्ने देखिन्छ ।
साउन २२ देखि अवकाश हुने सचिवमा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद लम्साल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कार्की रहेको बताइन्छ । उनीहरू आजका मितिदेखि अवकाश हुनेछन् । यसमध्ये शर्मा भौतिक तथा योजनामा रहँदा विवादमा परेका थिए भने लम्साल रक्षामा हुँदा विवादमा परेका थिए । यस्तै पुनर्निर्माण प्राधिकरणबाट अवकाश हुँदै गरेका कार्की भने भौतिक सचिव हुँदा त्रिपाल काण्डका कारण बदनाम भएका थिए । यसैगरी साउन २३ गते अवकाश हुने सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा छन् । उनी पर्यटनमा हुँदा निकै विवादमा आएका थिए ।
यस्तै साउन अन्तिममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसी अवकाश हुँदैछन् । उनी भूमिसुधारमा हुँदा बदनाम भएका थिए भने भदौमा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर अवकाश हुने भएका छन् । कार्की, शर्मा र लम्साल तीनैजनाले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् । विशिष्ट श्रेणीमा पदोन्नति भएको पाँच वर्ष पूरा गरेपछि सेवाबाट अनिवार्य अवकाश हुने कानुनी व्यवस्था छ । तीनजनाले नै २०७१ साउनमा सचिवमा पदोन्नति पाएका थिए ।
यसैगरी कार्की र शर्मा अवकाश भएसँगै अब यी दुवै मन्त्रालयमा सचिव पद रिक्त हुने भएका छन् । अर्का वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भए पनि उनले अवकाशको मुखैमा अर्को जिम्मेवारी पाएका छन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको हो । त्यहाँ उनको कार्यकाल दुई वर्षको हुनेछ ।
आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिनामै अन्य दुई सचिवले पनि अवकाश पाउँदै छन् । साउनमै अवकाश पाउनेमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक सचिव कृष्णराज बीसी छन् । दुवै सचिवले ५८ वर्षे उमेर हदका कारण बिदा पाउन लागेका हुन् । यता रिक्त हुनुअघि नै सहसचिवबीच दौडधुप र प्रतिस्पर्धा सुरु भइसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply