महेश्वरका कारण आठ भाइको बढुवा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिम्मेवारी बाँडफाँटमा प्रेस संगठनको अध्यक्ष बनाइएको महेवर दाहालका कारण आठ भाइको एक तह बढुवा भएको छ । जनवर्गीय संगठनको अध्यक्षको जिम्मेवारी पाएका ती आठ भाइलाई दाहालकै कारण सहइन्जार्चको समेत जिम्मेवारी दिइएको छ ।
गत जेठ ३ गते बसेको नेकपा सचिवालय बैठकले पार्टीका जनवर्गीय संगठनका संयोजक तथा सहसंयोजकहरूको नाम टुंगो लगाएको थियो भने त्यसपछि गत हप्ता बसेको बैठकले ती संगठनहरूमा इन्चार्ज तथा सहइन्चार्जको नाम टुंगो लगाएको थियो । जेठ ३ गतेको बैठकले दाहाललाई प्रेस संगठनको संयोजक बनाएको थियो भनेपछि बसेको बैठकले प्रेस संगगठन इन्जार्ज राजेन्द्र गौतम र सहइन्चार्ज ओम शर्मालाई बनाएको थियो । दाहाल तत्कालीन माओवादीमा पोलिटब्युरो सदस्य थिए भने सहइन्जार्ज बनाइएका शर्मा केन्द्रीय सदस्य मात्र थिए । आफूभन्दा कनिष्ठलाई एकता प्रक्रियापछि माथि राखिएपछि असन्तुष्ट बनेका दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । त्यति मात्र होइन, युवा संघको अध्यक्ष बनाइएको रामप्रसाद सापकोटा दीपशिखालाई सहइन्चार्जको समेत जिम्मेवारी दिइएको थियो । रामबहादुर थापा, पम्फा भुसाल, सूर्य सुवेदीसहितको टोली लिएर प्रचण्ड निवास पुगेर उनले यस्तै अपमान गर्ने हो भने पार्टी काम गर्न नसकिने बताएका थिए । दाहालको कुरा सुनेपछि प्रचण्डले उनको कुुरा जायज भएको भन्दै सम्बोधन गरिने आश्वासन दिएका थिए । जसका कारण गत हप्ता बसेको सचिवालय बैठकले अघिल्लो निर्णयमा केही परिवर्तन गरेको छ । जसअनुसार जनवर्गीय संगठनको अध्यक्ष रहेका र पार्टीको केन्द्रीय सदस्य रहेका सबैलाई त्यो संगठनको स्वत सहइन्चार्ज बनाइएको छ । यो निर्णयअनुसार दाहालको पनि एक तह बढुवा भएको छ । उनी प्रेस संगठनको सहइन्चार्ज र संयोजक दुवै भएका छन् । उनकै कारण उनीसहित आठ भाइको पनि वढुवा भएका छन् । जसमा विगतमा संयोजक मात्र रहेका महिला संगठन कि अमृता थापा, मजदुर संगठन जिफन्टका विनोद श्रेष्ठ, पेसागत महासंघका विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघका खगेन्द्र राई, मुस्लिम संगठनका महमद फारुकी, दलित संगठनका तिलक परियार र आदिवासी जनजाति महासंघका सुरेस आले मगरले तत्तत् संगठनको सहइन्चार्जको पनि जिम्मेवारी पाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply