जाँदाजाँदै महालेखा नियन्त्रकको व्यापक चलखेल
काठमाडौं । विवादास्पद छवि भएका नेपाल सरकारका सचिव सूर्य गौतमले आफू कार्यरत महालेखा नियन्त्रकको कार्यालयबाट बाहिरिने क्रममा मनपरी गरेर हिँडेका छन् । नेपाल सरकारका सचिवहरू सरुवा हुने निश्चित भएर आफू महालेखा नियन्त्रकको कार्यालयबाट अन्यत्र जानुपर्ने छनक पाएयता उनले जाँदाजाँदै कर्मचारीहरूको व्यापक सरुवा गरेका हुन् ।
देशैभरिका लेखा समुहका उपसचिव, लेखा अधिकृत र लेखापालहरूको खटनपटन र गर्ने जिम्मेवारी पाएको सो कार्यालयका हाकिम गौतमले जाँदाजाँदै आर्थिक चलखेलका आधारमा उपसचिवहरूको बेला नहुँदै व्यापक हेरफेर गरेको बताइन्छ ।
कर्मचारी प्रशासन शाखाका उपसचिव सुवासचन्द्र शिवाकोटीसँग त सचिव गौतमको झगडा नै परेको एक कर्मचारीले बताए । हाकिमसँग खटपट परेपछि शिवाकोटी गौतमले नेतृत्व गरेको कार्यालयमा आफू टिक्न नसक्ने भन्दै तत्काल सरुवा मागेर सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका छन् । सचिव गौतमसँग सरुवा मिलाएर अधिकांश उपसचिवहरू बजेट धेरै चलाउन पाउने सडक आयाजना, परराष्ट्रजस्ता निकायमा सेटिङका आधारमा पुगेको बताइन्छ ।
भूमिसुधार मन्त्रालयका सचिव गोपिनाथ मैनाली अहिले महालेखा नियन्त्रक भएका छन् भने तिनै विवादास्पद सचिव गौतम भुमिसुधार मन्त्रालय पुगेका छन् । निजामति दिवसको दिन २०६८ सालमा उत्कृृष्ट कर्मचारी बनेर पुरस्कृत भएका गौतमले आफ्नी श्रीमतीलाई आफैंले नम्बर दिएर पास गराएको चर्चा छ । लोक सेवाले लिएको विद्यालय निरीक्षक परीक्षाको लिखित परिक्षामा आफ्ना छोरीदेखि श्रीमतीसम्मलाई उत्तिर्ण गराउन पूर्व शिक्षा सचिव रामस्वरूप सिन्हा र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतम लागेका समाचार व्यापक ढंगले आएको थियो । त्यो बेला सहसचिव गौतमकी श्रीमती इन्दिरा ढकाल गौतमलाई लिखित परिक्षामा उत्तिर्ण गराइएको थियो । मौखिक परिक्षामा जसरी पनि पास गराउन संवन्धित अधिकारीलाई प्रलोभन दिइएको थियो । शिक्षा मन्त्रालयसँग आवद्ध सिन्हा र गौतमलाई लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र सोको उत्तरपुस्तिका चेकजाँच गर्ने कार्यमा बाहिरको विज्ञका रूपमा नियुक्ति गरेको थियो ।
सोही अवसरको फाइदा लिँदै सिन्हा र सहसचिव गौतमले प्रश्नपत्र निर्माणदेखि उत्तर पुस्तिका परिक्षणसम्मको कार्य आफैँले गरी क्रमशः आफ्ना छोरी र श्रीमतीलार्ई परिक्षा अगावै प्रश्न चुहाउने काम मात्रै गरेनन्, कापी जाँच्ने नाममा आफ्नै हातले भटाभट नम्बर दिई उत्तिर्ण गराउन सफल भएका थिए । कतिपय प्रश्नको उत्तर पछि बोलाएर लेखाइएको समेत आरोप लागेको थियो ।
०६८ सालका सर्वोत्कृष्ट निजामती पुरस्कार विजेता तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक गौतमले आफै श्रीमतीको उत्तरपुस्तिका जाँचेर लोकसेवा पास गराए । तर लज्जाको विषय तिनै व्यक्ति निजामती कर्मचारीमध्येबाट उत्कृष्ट कर्मचारीको रूपमा छनोट भएका थिए । महालेखा नियन्त्रक पदमा कार्यरत उनलाई अदालतले समेत दोषी ठह¥याएको थियो । तर, गौतमलाई कुनै कार्वाही भएन । अहिले पनि उनी शिक्षा वा गृह मन्त्रालयमा सचिव हुनका लागि धेरै मेहनत गरिरहेका थिए । तर दलका केही नेताको संरक्षणमा उनले नाजायज कर्मको सजाय पाएनन् उल्टो पुरस्कार पाए । यो बिषयमा अदालतमा मुद्धा परेको थियो । उनको बचाउका लागि वहशमा हरिहर दहाल, सुवासचन्द्र नेम्वाङ, हरिप्रसाद उप्रेती, हरिकृष्ण कार्की, विजय मिश्र, हरिराज भट्टराई र दिननाथ पराजुली मैदानमा खडा भएपनि अदालतले पनि उनी र उनको श्रीमतीलाई नै दोषी देखायो ।
यसपटक पनि भदौमा निजामती दिवश पर्दैछ । उत्कृष्ट कर्मचारी भनेर आफ्नो हात, जगन्नाथ भनेझै फेरी यस्तै सचिव गौतम जस्ता पात्रहरू पुरस्कृत र सम्मानीत हुन नहुने भन्दै कर्मचारीहरूले खवरदारी गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply