राम्रा भनिएका नै टिकेनन्
सच्याइएको
बुुघबार साप्ताहिकको बर्ष २४ अंक ४१ को पहिलो पुष्टमा प्रकाशित ‘राम्रा भनिएका नै टिकेनन्’ शीर्षक समाचारमा नुुवकोटका तत्कालीन
एसपी कुष्णबहादुर पल्ली मगरलाइ सीडीओले कारबाहीका लागि सिफारिस गरेको हुुनुुपर्नेमा बेलबाहादुर पाण्डेको नाम पर्न गएकोमा सच्याइएको छ ।
काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना एसपीको पदस्थापना र ४० जनाको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको भए पनि सो सरुवा र पदस्थापनमा पूर्वाग्रह भएको भन्दै संगठनभित्र व्यापक गुनासो छाएको छ ।
खासगी आईजीपी सर्वेन्द्र खनालले ती स्थानमा आफ्ना मान्छेहरू पठाउन कतिपयलाई एकवर्षे अवधि नपुगीकनै फिर्ता ल्याएका छन् भने कतिपयलाई इन्चार्जबाट फेरि इन्चार्ज दिइएको छ । समान्यताा कुनै विवादमा नपरेका र राम्रो ढंगले काम गरिरहेकाहरूलाई कम्तीमा एक वर्ष भने काम गर्न दिने चलन छ । तर एसपी बढुवा गर्दा वरिष्ठताक्रममा अगाडी तानिएका अधिकृतहरु नै यसपटक नौ महिना नपुग्दै तानिएका छन् ।
भदौ महिनादेखि तत् स्थानबाट तलबभत्ता पाउनेगरी गरिएको सरुवामा यसअघि १ नम्बरमा एसपी बढुवा भएका अच्यूतमप्रसाद पुडासैनी कपिलवस्तुको इन्चार्जबाट प्रहरी प्रधान कार्यालय यूएन जगेडामा ल्याइएको छ । उनलाई गत जेठमा नै काजसरुवा गरिएको थियो । यसैगरी दाङ जिल्लाको इन्चार्ज हुँदा अवैध क्रसरको विवादमा जोडिएर सीडीओले कारबाहीका लागि लेखिपठाएको बेलप्रसाद पाण्डेलाई २ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय जनकपुर पठाइएको छ ।
त्यसैगरी १२ नम्बरमा बढुवा भएका कृष्णबहादुर पल्ली मगर नुवाकोट इन्चार्जबाट प्रदेश सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे हेटौंडा पठाइएको छ । उनी डीएसपी हुँदादेखि नै कमाइ हुने अड्डाहरूमा बस्दै आएका छन् । बालाजु वृत्तको इन्चार्जबाट त्रिभुवन विमानस्थलमा समेत फड्को मारेका पल्ली मगरले कुवेरसिंह राना आईजी हुँदा भान्जीज्वाइँको साइनो भजाएर समेत धेरै अवसर लिएको प्रहरी वृत्तमा चर्चा छ ।
यसैगरी ४ नम्बरमा बढुवा भएका एसपी सानुराम भट्टराईलाई पनि नौ महिनामै बारा जिल्लाको इन्चार्जबाट तानिएको छ । भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । तुलनात्मक रूपमा यो जिम्मेवारी आकर्षक मानिन्छ । यस्तै अरुण पौडेललाई बाँके इन्चार्जबाट ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा तानिएको छ । पौडेललाई पनि जेठमै तानिएको हो । त्यसैगरी दाङमा जुवा विवादमा मुछिएपछि बाग्लुङ पठाइएका कृष्णहरि शर्मालाई पनि तीन÷चार महिनामै प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन अनुगमन एकाइमा पदस्थापन गरिएको छ । यस्तै ३३ किलो सुनकाण्डमा मुछिएका विकासराज खनाललाई बारा इन्चार्ज बनाइएको छ, खनाल प्रहरी युक्ति महाविद्यालय नवलपरासीमा कार्यरत थिए । त्यसैगरी मनोजकुमार यादवलाई साप्तरी इन्चार्जबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पठाइएको छ ।
उनी पनि दुई÷तीन महिना अवधि बाँकी छँदै तानिएका हुन् । यसैगरी एसपी भोला रावललाई गोरखा इन्चार्जबाट कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा बाँकेमा पठाइएको छ । रावल नुवाकोटमा बस्दा रक्सी काण्डका कारण विवादमा आएका थिए । हिजो एसपी बढुवा हुँदा अगाडी तानिएका तर अहिले पुरै कार्यकाल कार्यक्ष्ेत्रमा टिक्न नसेकालाई आगामी दिनमा कार्य सम्पादन मुल्यांकन कसरी गरिन्छ भन्ने प्रश्न संगठनभित्रै पेचिलो बनेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply