कल्याणकारी कोष कसले पा¥यो रित्तो ?
काठमाडौं । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रकम व्यापक रूपमा दुरुपयोग भएको थाहा भएको छ । विदेशी मिसनमा जाने सिपाहीहरूको गाँस काटेर जम्मा गरेको रकम दिनानुदिन दुरुपयोग हुँदै जाँदा अहिले सशस्त्रको कल्याणकारी कोष झन्डैझन्डै रित्तो हुन पुगेको छ । कोषको खाता रित्तिँदै गएपछि पहिले मिसनबाट फर्किएका कर्मचारीहरूको तलबबाट ९ देखि १० प्रतिशत कट्टा गरेर अरू रकम फिर्ता दिने गरेकोमा अहिले १९ प्रतिशत काट्न थालिएको बताइन्छ । तर यही महिनादेखि मिसनबाट फर्किएकाहरूले पाँउदै आएको सहुलीयत ऋण पनि अहिलेलाई रोक्का गरिएको भन्दै संगठनभित्र आन्तरिक सर्कुलर जारी गरिएको छ । एपीएस, यूएनपोलमा गएर आएकाहरूले नियमित रूपमा जम्मा गरेको संगठनको हितका लागि बनाएको पैसा उच्च आईजीपी र तहका हाकिमहरूले मनोमानी ढंगले चलाउँदा समस्या परेको हो ।
पैसा जोहोका लागि जम्मा गरिएको मुद्दती खाताको रकम पनि संगठनले एकहोरो मुद्दती सम्झौता भंग गर्दै निकाल्दै गर्न थालेको पाइन्छ । नेपाली सेनाको कल्याणकारी कोष विगत ११ वर्षमा तेब्बर वृद्धि भइसक्दा पनि सशस्त्रमा भने पुरानो बचतसमेत निकालेर खर्च गर्ने अवस्थामा पुगेको बताइन्छ । यसअघि टेन्डरमार्फत सामान खरिद गर्नेगरी संगठनले सूचना निकालेकोमा कमिसनका कुरा नमिल्दा टेन्डर बदर गरेको थियो । त्यो टेन्डर बदर गरेर अहिले कोटेसनमा सामान खरिद गर्ने र त्यसैमा चलखेल हुने गरेको बताइन्छ ।
केन्द्रको आर्थिक कामकारबाही आर्थिक कार्यविधिबमोजिम हुने गरेको दाबी गरिए पनि उच्च तहका हाकिमहरूको मनोमानीमा खर्च हुँदा महालेखापरीक्षकको कार्यालयबाट समेत बेरुजु निकालेको थियो । कोषको अनुगमन गर्ने सरोकारवाला निकाय गृह मन्त्रालय, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँ भएको अनियमितता जाँचबुझ गरी भ्रष्ट चरित्रका आईजीपी शैलेन्द्र खनाललाई कहीले कारबाही गरिने हो, प्रतीक्षाको विषय बनेको छ ?
नेपाल एफपीयु टु बोरको ४० जनाको टोली अगस्ट दोस्रो हप्ता र बाँकी सय जना सेप्टेम्बर पहिलो हप्तामा नेपाल आइपुगेकोमा अहिले ककनीमा तालिम गर्दै छन् । तालिमेलाई पहिला तालिममा जानुअघि नै पैसा दिने चलन भएकोमा यसपटक तालिमपछि दिने भनिएको बताइन्छ । तर पैसाको जोहो कहिले गरेर कहिलेसम्ममा दिने हो भन्ने कुरा अझै अनिश्चित रहेको बताइन्छ ।
पैसाको चलखेल गर्ने अनियमित ढंगले रकम उठाउने र खरिदमार्फत जम्मा गरिएको कमिसन आईजीपीदेखि अन्य मुख्य व्यक्तिहरूलाई पु¥याउने काम भने केन्द्रीय लेखापाल गणेश मल्ल, कल्याणकारी सेवा केन्द्रका लेखापाल महेन्द्रगन्ज हमाल, सचिवालयका डीआईजी सुरज श्रेष्ठ र आईजी खनालका पिए नारायण गुरुङ भएको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply