कल्याणकारी कोष कसले पा¥यो रित्तो ?
काठमाडौं । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रकम व्यापक रूपमा दुरुपयोग भएको थाहा भएको छ । विदेशी मिसनमा जाने सिपाहीहरूको गाँस काटेर जम्मा गरेको रकम दिनानुदिन दुरुपयोग हुँदै जाँदा अहिले सशस्त्रको कल्याणकारी कोष झन्डैझन्डै रित्तो हुन पुगेको छ । कोषको खाता रित्तिँदै गएपछि पहिले मिसनबाट फर्किएका कर्मचारीहरूको तलबबाट ९ देखि १० प्रतिशत कट्टा गरेर अरू रकम फिर्ता दिने गरेकोमा अहिले १९ प्रतिशत काट्न थालिएको बताइन्छ । तर यही महिनादेखि मिसनबाट फर्किएकाहरूले पाँउदै आएको सहुलीयत ऋण पनि अहिलेलाई रोक्का गरिएको भन्दै संगठनभित्र आन्तरिक सर्कुलर जारी गरिएको छ । एपीएस, यूएनपोलमा गएर आएकाहरूले नियमित रूपमा जम्मा गरेको संगठनको हितका लागि बनाएको पैसा उच्च आईजीपी र तहका हाकिमहरूले मनोमानी ढंगले चलाउँदा समस्या परेको हो ।
पैसा जोहोका लागि जम्मा गरिएको मुद्दती खाताको रकम पनि संगठनले एकहोरो मुद्दती सम्झौता भंग गर्दै निकाल्दै गर्न थालेको पाइन्छ । नेपाली सेनाको कल्याणकारी कोष विगत ११ वर्षमा तेब्बर वृद्धि भइसक्दा पनि सशस्त्रमा भने पुरानो बचतसमेत निकालेर खर्च गर्ने अवस्थामा पुगेको बताइन्छ । यसअघि टेन्डरमार्फत सामान खरिद गर्नेगरी संगठनले सूचना निकालेकोमा कमिसनका कुरा नमिल्दा टेन्डर बदर गरेको थियो । त्यो टेन्डर बदर गरेर अहिले कोटेसनमा सामान खरिद गर्ने र त्यसैमा चलखेल हुने गरेको बताइन्छ ।
केन्द्रको आर्थिक कामकारबाही आर्थिक कार्यविधिबमोजिम हुने गरेको दाबी गरिए पनि उच्च तहका हाकिमहरूको मनोमानीमा खर्च हुँदा महालेखापरीक्षकको कार्यालयबाट समेत बेरुजु निकालेको थियो । कोषको अनुगमन गर्ने सरोकारवाला निकाय गृह मन्त्रालय, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँ भएको अनियमितता जाँचबुझ गरी भ्रष्ट चरित्रका आईजीपी शैलेन्द्र खनाललाई कहीले कारबाही गरिने हो, प्रतीक्षाको विषय बनेको छ ?
नेपाल एफपीयु टु बोरको ४० जनाको टोली अगस्ट दोस्रो हप्ता र बाँकी सय जना सेप्टेम्बर पहिलो हप्तामा नेपाल आइपुगेकोमा अहिले ककनीमा तालिम गर्दै छन् । तालिमेलाई पहिला तालिममा जानुअघि नै पैसा दिने चलन भएकोमा यसपटक तालिमपछि दिने भनिएको बताइन्छ । तर पैसाको जोहो कहिले गरेर कहिलेसम्ममा दिने हो भन्ने कुरा अझै अनिश्चित रहेको बताइन्छ ।
पैसाको चलखेल गर्ने अनियमित ढंगले रकम उठाउने र खरिदमार्फत जम्मा गरिएको कमिसन आईजीपीदेखि अन्य मुख्य व्यक्तिहरूलाई पु¥याउने काम भने केन्द्रीय लेखापाल गणेश मल्ल, कल्याणकारी सेवा केन्द्रका लेखापाल महेन्द्रगन्ज हमाल, सचिवालयका डीआईजी सुरज श्रेष्ठ र आईजी खनालका पिए नारायण गुरुङ भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply