उत्कृष्ट कार्यालयमा बिचौलियाको बिगबिगी
काठमाडौं । सरकारले सरकारी अड्डाभित्रबाट बिचौलिया र लेखापढी व्यवसायी निस्तेज पार्ने भने पनि त्यो पूर्ण रूपमा लागू हुन सकेको छैन । भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई प्रभावकारी सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरेको कलंकी मालपोतको नै उस्तै हालत भएपछि अन्यत्र के होला स्वतः अनुमान गर्न सकिन्छ ।
सेवाग्राहीबाट घुस लिएको आरोपमा केही दिनअघि नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरि सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा चलाएको छ । उनीहरू मालपोतका कर्मचारीहरू हुन् । सोसँगै केही लेखापढी व्यवसायी समेतलाई मुद्दा लगाइएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलंकी एकाइको अध्यक्षसमेत रहेका विश्वम्भर मैनालीसँगै अन्य दुई लेखापढी व्यवसायी इन्द्रावती खत्री र तुलसीप्रसाद नेपालसमेत मुद्दाको भागीदार भएका छन् । सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मुद्दा चलाइएको छ । ती कर्मचारीहरूले बिचौलियाको सहायतामा सेवाग्राहीसँग घुस लिएर मात्र काम गरिदिएका थिए ।
तर यो विषय अख्तियारले हेर्दैमा त्यहाँ अनियमितता रोकिएको छैन । लेखापढी व्यवसायीमार्फत उनीहरूसँगै घुस लिने–दिने गर्दै आएको खुलेको छ । नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार घुस लिएको उजुरी परेको थियो । अनुसन्धानमा घुस लिएको पुष्टि भएपछि अख्तियारले तीनैजनाविरुद्ध जनही दुई हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
लेखापढी व्यवसायी नेपालसँग पनि नासु पोख्रेलले एक हजार घुस लिएको अख्तियारले जनायो । यो बेग्लै मुद्दामा दुवैविरुद्ध जनही एक हजार बिगो दाबीसहित मुद्दा चलाइएको छ । त्यस्तै, खरिदार सुवेदीले सेवाग्राही घिमिरेसँग एक हजार घुस लिएको भन्दै दुवैविरुद्ध जनही एक हजार बिगो दाबी माग गरेको छ । कर्मचारीले विभिन्न बहानामा घुस माग्ने गरेका कारण सेवाग्राही बाध्य भई लेखापढी व्यवसायीमार्फत काम गराउनुपर्ने बाध्यता रहेको र उनीहरूमार्फत नै लेनदेन हुने गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । नमुना मालपोतमा अवलम्बन गरिएको एकद्वार प्रणालीका कारण सिधै घुस लिन नमिल्ने भएपछि कर्मचारीले लेखापढी व्यवसायीमार्फत लिन थालेका हुन् । त्यसो त त्यहाँ लेखापढीका पूर्वअध्यक्ष हरि आचार्यलगायत अन्य दर्जनौं लेखापढी व्यवसायीहरूले कार्यालय नै खोलेर कर्मचारी र सेवाग्रहीबीच समन्वयको काम गरिरहेको बताइन्छ । असार पहिलो हप्ता कलंकी मालपोतलाई ‘नमुना मालपोत’ कार्यालयका रूपमा उद्घाटन गराइएको थियो । ७ फागुन ०७५ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कलंकी मालपोतलाई नमुना मालपोत कार्यालय बनाउने निर्णय गरेको थियो ।
कलंकी मालपोत कार्यालयको निगरानी सिधै मन्त्रालय र विभागबाट हुनेगरी आधुनिकीकरण गरिएको भनिए पनि घुस लेनदेन हट्न सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply