‘नेकपाको काण्डैकाण्ड’मा तरुणको चर्चा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपामा काण्डैकाण्ड’को आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विमोचन गरे । तर, रमाइलो त के थियो भने सो समारोहमा सहभागीहरूबीच भने नेकपाको नभई कांग्रेस भ्रातृ संगठन तरुण दलभित्रको काण्डैकाण्डबारे बढी परिचर्चा भएको थियो ।
तरुण दल अहिले चार सदस्यीय छ । अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष । चारजनाबीच पनि कुनै कुरामा मत्यैक छैन । पार्टीले सञ्चालन गरेको जागरण अभियानको विषयको विवादका कारण गत हप्ता अध्यक्ष जीजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई कारबाही गरे भने महासचिव शाहीले पनि विज्ञप्ति नै जारी गरेर अध्यक्ष बस्नेतलाई कारबाही गरेको घोषणा गरे । पार्टी सभापति देउवा आफंैले बनाएका तरुण अध्यक्ष बस्नेतद्वारा कारबाही गरिएका शाही आइतबारको किताब विमोचनमा सभापति देउवासँगै कुम जोडेर मञ्चमा बसेका थिए । यो दृश्य देखेपछि कार्यक्रममा उपस्थित कार्यकर्ताहरूसमेत आश्चर्यचकित भएका थिए । आफैंभित्र यस्ता काण्डैकाण्ड छन्, अरूको काण्डको केको चर्चा भन्दै उपस्थितहरूबीच कानेखुसी चलेको थियो ।
यसैबीच, भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण हिजो सकिएको छ । यो जागरण अभियानका क्रममा पनि पार्टीभित्रको गुटबन्दी छताछुल्ल भएको बताइन्छ । कतिपय ठाउँमा रामचन्द्र पौडेल समूहले अलग्गै कार्यक्रम गरेका थिए भने यो अभियानमा कृष्णप्रसाद सिटौला समूह निष्क्रिय बसेको बताइन्छ ।
अभियानपार्टी कार्यकर्तामा जागरण ल्याउने, संगठन सुदृढीकरणका लागि हौसला प्रदान गर्नेभन्दा पनि देशभरको अभियान पार्टीलाई जगाउनेभन्दा सरकार र सत्तारूढ दलको विरोधमा केन्द्रित थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply