किन पास भएन ओलीको प्रस्ताव ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरणको काम टुंगो लगाएको छ । पछिल्लोपटक दुई केन्द्रीय निकाय र तीनवटा केन्द्रीय आयोगको नेतृत्व चुनिएपछि नेकपामा एकीकरणको काम टुंगो लागेको हो । गत २५ गतेको सचिवालय बैठकले ती निकाय र आयोगको एकीकरण टुंगो लगाएसँगै नेकपाको केन्द्र, केन्द्रीय विभाग, प्रदेश, जिल्ला र स्थानीय तहका सबै कमिटीहरूले आकार ग्रहण गरेका छन् । कतिपय कमिटीहरूमा सदस्यहरू छान्नेबाहेकका सबै काम सकिएको छ ।
सचिवालय बैठकअघि एकीकरणको गृहकार्यका लागि २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डको बैठक बसेको थियो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी थिए । दुई अध्यक्षको परामर्श सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई स्वकीय सचिवमार्फत बालुवाटारमा छलफलका लागि आउन खबर गरेका थिए । तर, नेपालले आयोग र निकायहरूको नेतृत्वको भागबन्डा भइसकेको, विधि प्रक्रिया र मापदण्डअनुसार साबिक नेतृत्वलाई नै दोह¥याउने भनिएकाले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको भन्दै बालुवाटार गएनन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा कुनै हालतमा अमृतकुमार बोहरा बनाउने पक्षमा थिएनन् । एकातिर तत्कालीन एमालेको भागमा परेको र अर्कातर्फ तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त भएपछि भने ओलीले नचाहे पनि बोहराका लागि बाटो खुला भएको थियो । यो कुरा बुझेका ओलीले भने उपयुक्त मौकामा नेपालको सिफारिसमा बोहरालाई बनाइएको सन्देश दिन खोजे पनि सफल भएनन् । २५ गतेको बैठकमा निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठको नाम सिफारिस भएपछि साबिक एमालेका सचिव रहिसकेका माधव पौडेलको नाम मादपदण्डअनुसार पनि निर्विवाद थियो । तर, ओलीले पूर्वएमालेका तर्फबाट अर्कैको नाम लिएपछि नेपालले पौडेलकै नाममा अडान लिए । नेपालको अडानलाई साथ दिँदै वामदेव गौतमले पौडेलको विकल्प खोज्न नसकिने धारणा राखेपछि अन्ततः उनकै नाममा निर्णय भएको थियो । नेपाललाई साथ दिएर गौतमले निर्णायक धारणा राखेपछि ओली पछि हट्न बाध्य भएका थिए ।
बैठकले अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरा, सचिवमा अशोक रोकाय, निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधवप्रसाद पौडेल चयन गरेको थियो । त्यस्तै, लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्पराज कँडेल, सचिवमा टेकनाथ आचार्य, सल्लाहकार परिषद् अध्यक्षमा केशवप्रसाद बडाल, सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्ष नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् । एकीकरणको सबै काम सकिए पनि महŒवपूर्ण मानिने पोलिटब्युरो कमिटी गठन भने बाँकी नै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply