नेपाल र जर्मनीका कम्युनिस्ट पार्टीबीच समझदारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिस्ट पार्टी डी लिंके (दि लेफ्ट) पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत बुधबार नेकपाको वैदेशिक मामिला विभागको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रमममा दुई कम्युनिस्ट पार्टीबीच समझदारीपत्रमा हस्तक्षार भएको हो ।
कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिस्ट पार्टीबीच लामो र घनिष्ठ सम्बन्ध रहेको बताए । डी लिंकका प्रतिनिधिबीच आज काठमाडौंमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिक रूपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमुना दिने प्रयास थालेको बताए । डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई संघीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत बताए ।
कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यका साथै जर्मनीमा डी लिंके पार्टीको उपस्थितिबारे बताए । जर्मनीको कम्युनिस्ट पार्टी डी लिंकेले त्यहाँको संसद्मा रहेका ७ सय ९ सदस्यमध्ये ६९ सिट जितेको छ । जर्मनीको ६ वटा पार्टीमध्ये यसको स्थान पाँचौं रहेको रिजालले जानकारी दिए । उसले चुनावमा ९ प्रतिशत मत हासिल गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply