प्रधानमन्त्रीको अपर्झट शल्यक्रिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपिन्डिसाइटको अपरेसन गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा मंगलबार प्रधानमन्त्री ओलीको एपिन्डिसाइटको अपरेसन गरिएको हो ।
सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई एक्कासि पेट दुख्न थालेपछि तत्काल महाराजगन्जस्थित मनमोहन कार्डियोमा लगिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा एपिन्डिसाइट प्रमाणित भएपछि चिकित्सकहरूले तत्काल अपरेसन गरेका थिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज (मंगलबार) ९ बजे यस सेन्टरमा आउनुभएको र विज्ञ चिकित्सकहरू सम्मिलित टोलीले परीक्षण गर्दा एपिन्डिसाइटसहित पेटको संक्रमण देखिएपछि तत्काल ल्याट्रोटोमी, एपेन्डेक्टोमीलगायत विधिबाट उपचार गरीकन हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ,’ अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरूका अनुसार हाल प्रधानमन्त्रीज्यूको स्वास्थ्य स्थिर रहेकोसमेत जानकारी गराइन्छ ।’ प्रधानमन्त्री ओलीलाई आरामका लागि केही दिन अस्पतालमै राखिने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको गत ७ गते ग्रान्डी इन्टरनेसनल अस्पताल धापासीमा चौथोपटक मिर्गाैलाको डायलासिस गरिएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मिर्गाैलाले काम गर्न छाडेपछि निजी चिकित्सकहरूले पुनः प्रत्यारोपणको विकल्पमा छलफल गरिरहेका छन् । तर, स्वदेशमै प्रत्यारोपण गर्ने कि विदेशमा भन्ने विषय भने टुंगो लागिनसकेको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply