हाटा गर्नेलाई त्रिपाठीको लौरो
काठमाडौं । जिम्मेवारी सम्हालेलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ‘हाजिर गरेर टाप कस्ने’ कर्मचारीहरूमाथि खनिएका छन् । पछिल्लो समय लोकसेवाको तयारीमा जुटेका कर्मचारीहरू कार्यालयमा हाजिर गरेर परीक्षाको तयारीका लागि भन्दै हिँड्न थालेपछि मन्त्री त्रिपाठीको आँखा त्यता परेको हो ।
सोमबार मन्त्री त्रिपाठीलाई बधाई दिन पुगेका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीहरूसामु मन्त्री त्रिपाठीले भने, ‘लोकसेवाको परीक्षा दिने बहानामा कार्यालय छाडेर नहिँड्नुस् । हाजिर गरेर कार्यालय छाडेको थाहा पाएँ भने कारबाही गर्छु ।’ अहिले लोकसेवाले करिब ४ हजार शाखा अधिकृत मागेको हुँदा अधिकांश कर्मचारी मन्त्रालयमा हाजिर गरेर लोकसेवाको तयारीका लागि भनेर बस्न थालेका छन् । ठूलो संख्यामा कर्मचारीहरू मन्त्रालयमा अनुपस्थित हुँदा कामकारबाही नै प्रभावित बन्न थालेपछि मन्त्री त्रिपाठीले कर्मचारीहरूलाई त्यस्तो चेतावनी दिएको बताइन्छ । यसअघि पनि स्थानीय तहमा करिब १० हजारजति कर्मचारीको माग हुँदा लोकसेवाको तयारी गर्ने भन्दै कर्मचारीहरू कार्यालयमा नआउने समस्या देखिएको थियो ।
मन्त्री त्रिपाठीसामु कर्मचारीहरूले समायोजनका क्रममा मर्कामा परेका स्वास्थ्यका कर्मचारीहरूको समस्या समाधान गर्न पनि सुझाव दिएका थिए । स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब २७ हजार कर्मचारीमध्ये अहिले पनि १० हजारजति कर्मचारीको समायोजनको समस्या हल भइसकेको छैन । स्वास्थ्यका कतिपय वरिष्ठ कर्मचारीहरू कनिष्ठको मातहत रहनुपर्ने समस्या अझै पनि यथावत छ ।
यसरी नै विचाराधीन अवस्थामा रहेको संघीय कर्मचारी ऐनबारे पनि मन्त्री त्रिपाठीलाई अवगत गराइएको थियो । कर्मचारीहरूले सो ऐनका ४८ वटा बुँदामा असहमति जनाउँदै आएका छन् । ४८ बुँदा कर्मचारीको हक, हितविपरीत रहेको भन्दै कर्मचारीहरूले असहमति जनाउँदै आएका हुन् । ती बुँदाहरूमाथि सोचविचार गरिनुपर्ने कुरा उनीहरूले उठाउँदै आएका छन् । कर्मचारीहरूले मन्त्रालयभित्र देखिएका समस्याहरूबारे कुरा उठाएपछि मन्त्री त्रिपाठीले ‘म भर्खर नियुक्त भएको छु, मलाई अध्ययन गर्न ८÷१० दिन समय दिनुस्’ भनेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply