प्रचण्डको भ्रमण ः हल्ला एउटा, कारण अर्कै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण स्थगन गरेका छन् । नेपाल–चीन मिडिया फोरमद्वारा अघिल्लो शुक्रबार आयोजित कार्यक्रममै आफ्नो नेतृत्वमा ठूलो टोली चीन भ्रमणमा जान लागेको खुलासा गरेका प्रचण्डले आकस्मिक रूपमा भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य उपचार लम्बिएका कारण नैतिक हिसाबले भ्रमणमा जान नमिल्ने भएकाले स्थगन गरिएको प्रचण्डले बताएका थिए । उनको यस्तो अभिव्यक्तिले स्वास्थ्य अवस्थामाथि नै संशय मात्र उत्पन्न गराएन, आफूलाई ठीक हुँदै गएको भन्दै प्रधानमन्त्री केपी ओलीले अस्पतालकै शैयाबाट भिडियो सन्देश दिनुप¥यो ।
प्रचण्डको यस्तो कच्चा प्रस्तुतिबाट प्रधानमन्त्री ओलीदेखि नेकपाको नेतृत्वपंक्ति मात्र होइन, आमजनपंक्तिसमेत आश्चर्यचकित भएको छ । प्रचण्ड ६० जनासम्मको जम्बो टोलीको नेतृत्व गर्दै २४ मंसिरमा चीन उड्ने तयारीमा थिए ।
त्यसो त चिनियाँ सरकारकै निमन्त्रणामा प्रचण्डको नेतृत्वमा नेकपाका केन्द्रीय सदस्यहरूसहितको जम्बो टोली चीन भ्रमणमा जाने तयारीमा थियो । दुई वर्षभित्र चीनले नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यलाई नै भ्रमण गराउने नीतिअनुसार प्रारम्भिक गृहकार्य नहुँदै प्रचण्डले आफ्नो भ्रमणको आफैंले खुलासा गरेका थिए । जबकि यसअघि सचिवालय सदस्य ईश्वर पोखरेलको नेतृत्वमा पनि जम्बो टोली चीन भ्रमणमा गएर फर्किएको थियो । चिनियाँ राष्ट्रपति सी चिन फिङसहितको टोलीसँगको भेटवार्तामा के एजेन्डामा कुराकानी गर्ने आन्तरिक गृहकार्यबारे प्रचण्डले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पार्टी नेताहरूसँग कुनै ठोस गृहकार्य गरेका थिएनन् । जसले गर्दा भ्रमण फितलो हुने स्थिति थियो । त्यति मात्र होइन, भ्रमणमा जाने टोली र एजेन्डाबारे गृहकार्य नै नभईकन पार्टी केन्द्रीय सदस्यहरूको धमाधम पासपोर्ट माग्न थालिएको थियो । जसले गर्दा भ्रमण फितलो हुने निश्चित भएकाले प्रचण्डले स्थगित गरेको बताइन्छ । यद्यपि, प्रचण्डले बाहिर भने प्रधानमन्त्री ओलीलाई निको भएर फर्किएपछि दुई महिनापछि चीन भ्रमणमा जाने बताइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply