झन्झन् कलहमा कांग्रेस
काठमाडौं । सत्तामा हुँदा बदनामी कमाएको नेपाली कांग्रेसले प्रतिपक्षमा हुँदा पनि त्यो बदनामीको दाग पखाल्न सकेको छैन । रचनात्मक पीतपक्षको भूमिकामा आफूलाई अब्बल साबित गरेर पार्टीको गिरेको साखमाथि उठाउनुपर्ने यो अवसर पनि आन्तरिक कलहमै रुमलिएर बिताएको छ । पार्टीभित्रको कचिंगल कति हदसम्म पुगेको छ भन्ने कुरा असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेल जारी केन्द्रिीय कमिटी बैठक बहिष्कार गरेर पाथीभारा दर्शन गर्न गएको घटनाले नै पुष्टि गर्छ ।
त्यसो त कांग्रेसभित्रको किचलो पुष्टि गर्न कुनै उदाहरण दिइरहनुपर्ने अवस्था नै छैन । सामाजिक सञ्जालदेखि सारा सञ्चारमाध्यममा सबै छरपस्ट भएकै छ । हिजोसम्म आइपुग्दा पनि पौडेल पक्षले केन्द्रीय कमिटी बैठक बहिष्कार गरेको छ । हिजो असन्तुष्ट पक्षले शंशाक कोइराला निवासमा आफ्नो पक्षको तरुण दलको भेलसमेत डाकेर देउवा समूहलाई चेपुवामा पार्ने योजना बुनेको बताइएको छ । कांग्रेसभित्रको अहिलेको विवादको मुख्य विषय १४औं महाधिवेशनको मिति घोषणा र कार्यतालिकासँग जोडिएको छ । र, त्यसमा हुने भोटको हिसाबसँग जोडिएको छ । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा समूह कार्यसमितिको म्याद थपेर महाधिवेशनको कार्यतालिका बनाउने अडानमा छ भने असन्तुष्ट समूहको अडान पहिले कार्यतालिका बनाउनुपर्ने भन्ने छ । देउवाको दाउ अहिले आफ्नो कार्यकाल एक वर्ष थप्ने, विधानमा व्यवस्था भएका २८ विभाग नभएर ४१ विभाग गठन गर्ने, ती विभागमा आफूअनुकुल ल्याउने र बल्ल महाधिवेशन गर्ने भन्ने छ । यसो गर्दा मात्र आगामी महाधिवेशनमा जित्न सकिने आँकलन छ । तर, यसरी आगामी महाधिवेशनमा पनि देउवाका लागि बाटो क्लियर गरिदिने पक्षमा पौडेल समूह छैन ।
देउवा समूहले विभागहरू २८ वटा बढाएर ४१ वटा बनाउने प्रस्ताव ल्याएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र सबै विभाग गठन गर्नुपर्ने विधानमा भए पनि आफ्नो कार्यकाल सकिन लाग्दा समेत उनले यसतर्फ रुचि देखाएका थिएनन् । तर, अहिले ४१ वटा विभाग गठनको प्रस्ताव ल्याउनुले उनको नियतलाई छर्लङ्ग बनाएको छ । यीबाहेक भ्रातृ संगठन तरुण दल र नेविसंघको विवादले पनि कांग्रेसलाई जर्जर बनाएको छ । तरुण दलमा अध्यक्षले महामन्त्रीलाई र महामन्त्रीले अध्यक्षलाई कारबाही गरेर तमासा देखाइसकेका छन् । यसको समाधान पनि यतिबेला कांग्रेस नेतृत्वका लागि फलामको च्युरा साबित भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply