मृगौलापिडितलाई तीन लाख सहयोग
पुस २५, काठमाडौं । सुनकोशी गाऊँपालिका– २,ओखलढुंगास्थित राइजिङ नमूना युवा क्लवले मृर्गौला पिडित जंगबहादुर विकलाई तीन लाख एक हजार रुपैयाँको चेक प्रदान गरेको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि विगत ६ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् ४३ वर्षीय विकलाई आज एक कार्यक्रमकावीच नेपाल प्रहरीका एसपी बसन्त रजौरे र क्लबका अध्यक्ष सुदर्शन सापकोटाले संयुक्तरुपमा उक्त चेक हस्तान्तरण गरेका हुन् ।
ओखलढुंगास्थित सुनकोशी गाऊँपालिकाका निम्न परिवारका विकलाई उपचारमा सहयोग जुटाउन उक्त क्लवले गत अशोजमा उनकै गाऊँमा बृहत साँस्कृतिक कार्यक्रम गरेको थियो । त्यहि कार्यक्रमबाट संकलन भएको रकम आज हस्तान्तरण गरिएको हो । चिकित्सकले उनको दिर्घकालीन उपचारका लागि मृगौला नै प्रत्यारोपण गर्नुपर्ने बताए पनि निम्न आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भइरहेको पिडित विकले बताएका थिए । अहिले डाइलसिसका क्रममा औषधी उपचारमा मात्र मासिक २५ हजार खर्च भइरहेको उनले बताए । हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय अगुवा एवं समाजसेवी सुनिल खड्का कटुवालीले उपचारका लागि गरिएको यो सहयोग अन्तिम नभएर आगामी दिनमा आवश्यक सहयोगका लागि लागिरहने प्रतिवद्धता जनाए । कटुवालीले भने, ‘प्रत्यारोपणका लागि गर्नुपर्ने आर्थिक सहायताका लागि आगामी दिनमा पनि हामीवाट हुने सहयोग रहिरहनेछ ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply