बहुमत एकातिर, निर्णय अर्कोतिर
काठमाडौं । बहुमत सांसद र जनमत काभ्रेतिर हु“दाहु“दै प्रदेशसभा–३ ले प्रदेशको राजधानी हेटौंडा तय गरेको छ । प्रदेशको नाम वागमती राख्नेमा खासै मतभेद नरहे पनि प्रदेश ३ का १३ मध्ये ११ जिल्लाको जनमत र प्रदेश सभाका बहुमत सांसद सबैलाई पायक पर्ने स्थान काभ्रे राजधानी हुनुपर्ने पक्षमा थिए । तर, अस्थायी राजधानीका रूपमा रहेको हेटौंडाबाट सार्दा पनि द्वन्द्व उत्पन्न हुने खतरा देखिएपछि नेकपाको नेतृत्वले त्यही“ निरन्तरता दिन दिएको निर्देशनलाई असन्तुष्टि र आक्रोशका बाबजुद सांसदहरूले तामेल गरेका हुन् ।
प्रदेशसभामा १ सय १० सांसद रहेकोमा नेकपा एक्लैको दुई तिहाइभन्दा बढी ८० सांसद थिए । त्यसैले प्रदेश ३ मा नेकपाको निर्णयलाई नै निर्णायक मानिएको थियो । तर, पार्टी नेतृत्वको निर्णय उल्लंघन गर्दा फुटेर जाने, पार्टी परित्याग गर्ने या असहमतिसहित पार्टी निर्णय कार्यान्वयनमध्ये नेकपाका सांसदहरूले पछिल्लो बाटो रोजेका छन् । ३६ सांसदले पार्टी प्रदेश कमिटी र संसदीय दलमा काभ्रे हुनुपर्ने भन्दै हस्ताक्षरसहितको असहमतिपत्र दर्ता गराएर अन्तिममा हेटौंडाको पक्षमा मतदान गरेका छन् । ८० मध्ये खासमा ६० भन्दा बढि मत काभ्रेको पक्षमा भए पनि त्यसरी असहमतिपत्र राख्दा दुई तिहाइ बहुमत हुने देखिएकाले आन्तरिक सल्लाहमै ३६ सांसदले मात्र लिखित असहमति राखेको बताइएको छ । सांसद लक्ष्मण लम्सालले आफूहरूले पार्टीभित्र राखेको हस्ताक्षरसहितको मतको गम्भीर अर्थ रहेको दाबी गरे । ‘पार्टीभत्र हाम्रो मत सुरक्षित छ, जुनसुकै बेला पार्टीभित्र त्यस मतलाई प्रयोग गर्न सक्छौं,’ फरक मत राख्ने सांसद लम्सालले भने ।
हेटौंडा उपयुक्त नभएकाले काभ्रे राजधानी हुनुपर्छ भन्दै सांसदहरू लम्सालसहित राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, केशव स्थापित, सरेश नेपाल र विशाल खड्काले हस्ताक्षर गरेका छन् । त्यस्तै, शान्तिप्रसाद पौड्याल, बसुन्धरा हुमागाईं, सरस्वती बस्नेत, गोमा भुर्तेल, चन्द्र लामा, हिमाली गोले, जगत सिम्खडा, देवकी श्रेष्ठ, इन्द्रमाया गुरुङ, आङदेण्डी लामा, सुशीला पुन, रत्न ढकाल, रमा आलेमगर, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, मीना ज्ञवाली (नेपाल), उर्मिला कर्माचार्य, माधव पौड्याल, प्रकाश श्रेष्ठ, वसन्त मानन्धर, केशवप्रसाद पोखरेल, शान्ति थिङ, आशामाया तामाङ, हिमनाथ खतिवडा, सरस्वती बाटी, सीता लामा, रचना खड्का, राजेन्द्रमान श्रेष्ठ, कुशुमकुमार कार्की र राजकाजी महर्जनले पनि फरक मतमा हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply