‘ठूला’ जोगाउन राज्य नै मतियार
काठमाडौं । कानुन भनेको सानालाई मात्र हो भनेर त्यसै भनिएको होइन । सबैलाई समान ढंगले कानुन पालना गराउनुपर्ने दायित्व राज्यको हो । तर, राज्य आफैं सानालाई दण्डित गर्ने र ठूललाई उन्मुक्ति दिने खेलमा लाग्छ भने समानताको आशाचाहिँ कसबाट गर्ने ? डेडिकेटेड टं«क लाइन सेवामा अहिले राज्यले नै यस्तै विभेदकारी भूमिका खेलेको छ ।
डेडिकेटेड ट्रंक सेवा भनेको लोडसेडिङका बेला विद्युत प्राधिकरणबाट लिएको विशेष सुविधा हो । यो सेवा लिएबापत ठूला व्यापारीले अहिले प्राधिकरणलार्ई १२ अर्ब्भन्दा बढी रकम तिर्न बाँकी छ । त्यसमा जगदब्बा स्टिल, अशोक स्टील, जगदम्बा इन्टरप्राइजेज, हुलास स्टिल, सूर्य नेपाल प्रालिको मात्रै ३ अर्ब २७ करोड रुपैयाँ छ । उनीहरूले लोडसेडिङका बेला सिमरा औद्योगिक क्षेत्रअन्तर्गत सिमरा फिडरबाट उक्त सेवा लिएका हुन् । तर, त्यो बेला जनतालाई अन्धकारमा राखेर राज्यले उनीहरूलाई उक्त सेवा दिएको थियो । पैसा तिर्ने कबुलसहित उक्त सेवा लिएर उनीहरुले उद्योग चलाए । नाफा कुम्ल्याए । तर अहिले त्यो पैसा नतिर्ने खेलमा लागेका छ । अचम्म त व्यापारीको यो खेलमा राज्य आफैं मतियार बनिरहेको बताइन्छ । जगदब्बा स्टिल्सका मालिक साहिल अग्रवालहरूले त्यो पैसा नतिर्ने भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा रिट हालेका थिए । त्यो रिट पैसा खाएर एक वर्षदेखि झुन्ड्याएर राखियो । यसमा न्यायपरिषद्का पूर्वसदस्य पदम वैदिक बिचौलिया भएर काम गरेको बताइन्छ । तर सबैतिरबाट धेरै दबाब आएपछि केही समयअघि उक्त रिट खारेज भयो । यसभन्दा अघि अरू उद्योगले दायर गरेको रिट पनि उच्च अदालतले खारेज गरिदिएको थियो । तर, गत हप्ताको मन्त्रिपरिषद् बैठकले यो डेडिकेटेड ट्रंक सेवा महसुलका बारेमा के गर्ने भनेर एउटा कार्यदल बनाएको छ । त्यो कार्यदल पनि तीनै व्यापारीको दबाबमा गठन गरिएको बताइन्छ । स्रोतका अनुसार अहिले पैसा २–४ अर्ब पैसा खाएर १२ अर्ब रुपैयाँ मिनाहा गरिदिने तयारी भइरहेको छ । यो खेलमा बालुवाटरनिकट व्यक्तिहरू पनि संलग्न रहेको स्रोतको दाबी छ ।
प्राधिकरणका आमग्राहकले एक महिना विद्युत् महसुल नतिर्दा पनि सुरुमा १५ प्रतिशत जरिवाना लाग्छ । त्यो अवधिमा पनि नतिरे जरिवनामाथि अरू जरिवाना लगाएर तिराइन्छ । तर एनसेललाई ६५ अर्ब कर छुट दिएजस्तै ठूला व्यापारीलाई छुट दिने यो तयारीले लोकतान्त्रिक सरकारप्रति जनताको के भरोसा बाँकी रहला ?
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply