कुचोले बढार्नुपर्ने कसिंगर हावाले…
काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षबाट मदन खरेलले राजीनामा दिएका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबाबु अधिकारीलाई राजीनामा बुझाएर उनी त्यसै दिन राति अस्ट्रेलिया हानिएका छन् । उनको राजीनामालाई ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो’ भन्ने नेपाली लोकोक्तिसँग दाँज्न थालिएको छ ।
धराशायी बनेको निगम सुधार्न आफंैले लिखित रूपमा व्यक्त गरेका प्रतिबद्धतामा एक इन्च पनि प्रगति गर्न नसकेपछि अन्ततः उनी आफैं राजीनामा दिएर टाप कसेका हुन् । त्यसो त उनले काम गर्न नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पटकपटक मार्गप्रशस्त गर्न घुमाउरो तरिकाले दबाब दिँदै आएका थिए । विभागीय प्रमुखहरूसँगको छmफलका क्रममा खरेललाई इंगित गर्दै काम गर्न नसक्नेले कुर्सी छाड्दा हुन्छ भन्दै मन्त्री भट्टराईले घुमाउरो पारामा राजीनामा दिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री केपी ओलीले कार्यकारी भूमिकामा सुगतरंत्न कंसाकार छँदै २०७५ भदौमा खरेललाई कार्यकारी अध्यक्ष बनाएर ल्याएका थिए । यद्यपि ओलीसमेत उनीसँग सन्तुष्ट थिएनन् । गत वर्ष निगमको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निगमलाई एक पैसा पनि नदिने भन्दै असन्तुष्टि पोखेका थिए । तर, प्रधानमन्त्रीको मान्छे हुँ भन्दै धक्कु मात्र लगाउने र कमिसनबाहेक निगम सुधारका निम्ति सिन्कोसम्म नभाँच्ने उनको प्रवृत्तिबाट हैरान भएपछि कार्यरत २७ जना पाइलटले सामूहिक राजीनामाको तयारी गरेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । २०७० सालमा पनि उनलाई चार वर्षका लागि महाप्रबन्धक नियुक्त गरिएको थियो । त्यसबेला पनि उनी एक वर्षमै राजीनामा दिएर निगमबाट बाहिरिएका थिए ।
खरेलको राजीनामासँगै अब मन्त्री भट्टराईलाई धराशायी बनेको निगमलाई उनकै प्रतिबद्धताअनुसार एक नम्बरको वायुसेवा प्रदायक संस्था बनाउन बाटो खुलेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply