घर बस्नुपर्ने बेला म्याद थप्ने दौडमा आईजी
काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले आजको २१ दिनपछि माघ २८ मा अवकाश पाउँदैछन् । सामान्य अवस्थामा अवकाश पाउनु एक महिनाअघि नै बिदा बस्ने चलन भए पनि आईजी खनाल अहिले ६ महिना म्याद थप्ने दौडमा लागेको बताइन्छ । त्यसो त आईजी खनालकै ब्याजका एआईजीहरू पनि सेवा ३० वर्षे सेवा अवधि हटाउने रेसमा लागेकाले भावी आईजी को हुने भन्ने अन्योल अझै हटेको छैन ।
स्रोतका अनुसार आईजी खनालको ध्यान ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर कम्तीमा ६ महिना भए पनि अरू बढी कुर्सीमा बसिरहने छ । त्यसका लागि उनको एउटै उद्देश्य भनेको डीआईजी ठाकुर ज्ञवालीलाई उनीपछिको आईजी हुनबाट रोक्ने हो । तर, ३० वर्षे सेवा अवधि हटाउने खनालको स्वार्थलाई अरू उनका ब्याजी एआईजी पुष्कर कार्कीदेखि एआईजी खनालकै ब्याजमेट डीआईजी केदार रिजालहरूसम्मको पनि मौन समर्थन रहेको बताइन्छ । ३० वर्षे प्रावधान हटे आफूहरू पनि आईजी हुने उनीहरूको स्वार्थ जोडिएको बताइन्छ ।
नेपाल प्रहरीको इतिहासमा आईजीको पदावधि ६ महिना थपिएको नजिर छैन । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पनि आईजी खनालप्रति सकारात्मक नभएकाले उनको म्याद थपको सपना सपनामै तुहिने सम्भावना धेरै छ । नयाँ कुनै घटना विकसित नभए २१ दिनपछि खनाल प्रहरी संगठनबाट बिदा हुनेछन् र वरिष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी ठाकुर ज्ञवाली उनीपछिको आईजी हुनेछन् । तर ज्ञवाली पाँच महिनापछि अवकाश हुनेछन् ।
चर्चा पाँच महिनापछिको आईजीको
खनालपछि आईजीको हुन्छ भन्दा पनि पाँच महिनापछिको आईजीको सबैभन्दा बढी चर्चा अहिले प्रहरी संगठनमा छ । अमूक नेतासँगको सम्बन्धकै आधारमा एक ब्याजजम्म गरी डीआईजी बढुवा भएका विश्वराज पोखरेलले त्यसपछिको आईजीको बाजी मार्ने आँकलन कतिपयको छ । तर, त्यो सम्भावना धेरै बलियो नभएको बताइन्छ । डीआईजी हुन नपाउँदै उनले देखाएको ताउरमाउरबाट संगठनभित्रै उनको आलोचना सुरु हुन थालेको छ । उनको चुरीफुरी यस्तै रह्यो भने उनको हालत पनि अन्तमा नवराज सिलवालको जस्तै हुने अनुमान गर्न थालिएको छ । त्यसो वष्ठिताका आधारमा उनीभन्दा एक सिनियर शैलेन्द्र थापा, हरि पाल पनि पाँच महिनापछिको आईजीको सशक्त उम्मेदवार हुन् । शालीन र भद्र स्वभावका थापा भन्दा पाल नेताहरूको रोजाइमा पर्ने बताइन्छ । त्यसो त असारसम्म प्रधानमन्त्री ओली नै रहिरहेको अवस्थामा पाललाई आईजीबाट रोक्न कसैले पनि नसक्ने बताइन्छ । यती समूहले प्रधानमन्त्री ओलीसँग जोडिदिएको पालको सम्बन्ध निकै बलियो रहेको बताइन्छ ।
बढुवामा जाम
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकोदेखि सरुवा बढुवामा चरम पक्षपाती व्यवहार गरेको भनेर सर्वाधिक आलोचित आईजी खनालले जाँदाजाँदै संगठनभित्र बढुवाको जाम लगाएर बिदा हुने खतरा बढेको छ । अहिले पनि १० जना एसएसपीको दरबन्दी खाली छ । बढुवा समितिका अध्यक्ष गृह सचिव प्रेम राई १४ दिनपछि माघ २२ मा अवकाश हँुदैछन् भने सदस्यसचिव आईजी खनाल २१ दिनपछि । अवकाश हुने बेला बढुवा गर्दा आईजी खनालले चलखेल गर्न सक्ने भएकाले अहिले प्रधानमन्त्री आफंैले चासो लिएर बढुवा प्रकिया स्थगित गराएको बताइन्छ । सएसपी बढुवा नहुँदा एसपी, डीएसपीहरूको बढुवा पनि स्वतः जाममा परेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply