कोटरी बाहिरकालाई टेढो नजर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कामलाई चुस्त र प्रभावकारी बनाउन अगुवाइ गर्ने कर्मचारीहरूमाथि व्यवस्थापनले वक्रदृष्टि राख्न थालेपछि व्यवस्थापन र कर्मचारीबीच द्वन्द्व चर्किएको छ । पछिल्लो समय, प्राधिकरणलाई स्वच्छ तुल्याउन कर्मचारीहरूले ‘सहज सेवा स्वच्छ नेविप्रा’ अभियान थालेपछि वर्षौंदेखि आर्थिक अनियमितता र चलखेल गर्दै आएकाहरूलाई अप्ठेरो परेपछि यस्तो द्वन्द्व सिर्जना हुन पुगेको हो ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियनले केही समययता प्राधिकरणका देशैभरिका कार्यालयबाट प्रवाहित हुने सेवालाई जनमैत्री र पारदर्शी बनाउँदै कार्यालयलाई सफा र सुन्दर बनाउने अभियान सञ्चालन गर्दै आएको थियो । ‘सहज सेवा स्वच्छ नेविप्रा’ नाम दिएर सुरु गरिएको उक्त अभियान पछिल्लो समय भने व्यवस्थापनको वक्रदृष्टिमा पर्न थालेको हो । आधिकारिक ट्रेड युनियनको फैलँदो लोकप्रियताबाट अत्तालिएको झुन्डले कार्यकारी निर्देशक कुलमान घिसिङको लोकप्रियताको आडमा उनलाई नै गुमराहमा पार्दै नीतिगत निर्णयहरू बंग्याइएको जनाउँदै कर्मचारी सरुवा र पदस्थापनमा कर्मचारी व्यवस्थापनको न्युनतम मूल्य मान्यता र विधिसमेत बेवास्ता गर्दै स्वेच्छाचारीपूर्वक र अन्यायपूर्ण रूपमा काखापाखाको व्यवहार गर्ने, व्यक्तिगत इगो साँधी कासमू नम्बर घटाउने, अनिवार्य अवकाशको सन्निकट रहेका कर्मचारीहरूलाई समेत विनियमावलीविपरीत सरुवा गर्ने, मुटु र मृगौलालगायत संवेदनशील र गम्भीर स्वास्थ्य समस्या झेलिरहेका कर्मचारीहरूको पीडामा न्यूनतम मानवीय व्यवहारसमेत नदेखाउने भएकोमा कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
यसैगरी, व्यवस्थापनले आफ्नो कोटरीका चाकरीबाजहरूलाई लाभपूर्ण ठाउँमा सरुवा गर्ने, अनेक बहानामा कर्मचारीहरूको प्रत्यक्ष वृत्तिविकासमा जोडिएको नियमित पदपूर्तिको विज्ञापन प्रक्रिया अवरुद्ध गर्ने र गराउने र टे«ड युनियन आन्दोलनलाई बदनाम गराउने कार्य भइरहेको पनि कर्मचारीहरूले जनाएका छन् । प्राधिकरण, सेवाग्राही र कर्मचारीको हितका लागि व्यवस्थापनसमेतको सहकार्यमा सुरु गरिएको अभियानलाई विभिन्न बहानामा असहयोग गर्ने, विनियमावलीविपरीत प्रतिस्पर्धा बिना खरिद गर्ने र गराउने, कार्यालयमा बसी ठेक्कापट्टा र अनियमिततामा रमाउने, खबरदारी गर्न खोज्ने कर्मचारी विरुद्ध व्यवस्थापनसमक्ष गलत रिपोर्टिङ गर्दै कालोसूचीमा राख्ने र हतोत्साहित तुल्याउनुका साथै आतंकित तुल्याउने कार्य भइरहेको पनि कर्मचारीहरूले जनाएका छन् ।
कार्यकारी निर्देशक घिसिङले पनि अभियान सञ्चालन गर्ने कर्मचारीविरुद्ध उत्रिनेहरूलाई काखी च्याप्ने गरेकोमा अभियानकर्मी कर्मचारीहरू क्षुब्ध देखिएका हुन् । ११औं तहमा कार्यरत शिव अधिकारीलाई घिसिङले आफ्नो सचिवालयमा राख्नुका साथै पदपूर्ति विभागको दोहोरो जिम्मेवारी दिएकामा पनि कर्मचारीहरू असन्तुष्ट रहँदै आएका छन् भने प्रशासन प्रमुख तुलाराम गिरीको कार्यशैलीलाई लिएर पनि उनीहरू रुष्ट बनेको बताइन्छ । कर्मचारी युनियनले जनतालाई एउटै द्वारबाट सेवा दिने, बढ्दो चुहावट रोक्ने, प्राधिकरणको जग्गालाई सदुपयोग गर्ने र अनियमितता गरेर खान पल्केका कर्मचारीहरूलाई सुधार्ने हेतुले सो अभियान सञ्चालन गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply