जिपीको जग्गा अतिक्रमणमा प्रशासन रमिते
काठमाडौं । शुक्लागण्डकी नगरपालिका–५ दुलेगौंडा तनहँुमा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको जग्गा व्यापक रूपमा अतिक्रमण भएको छ ।
राजमार्गमा पर्ने राष्ट्रियस्तरको सो अस्पतालको जग्गा मिच्दै धमाधम अग्ला भवनहरू बनाउन थाले पनि अस्पताल प्रशासनले भने ‘एक्सन’ लिन सकेको छैन । स्थानीय नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासनले एक महिनाअघि नै आवश्यक सहयोग गरी सो अतिक्रमण हटाउन सहयोग मागेर पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।
माघ पहिलो साता अस्पतालले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर उद्घाटन गर्न पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बोर्डका पदाधिकारीहरूले अतिसक्रमणबारे ब्रिफिङ गरेका थिए । कुल ७ सय ५० रोपनी जमिनामा फैलिएको सो अस्पतालको सडक आसपासका जमिन स्थानीय पहुँचवाला नेता तथा कार्यकर्ताले नै मिच्दै आएका छन् ।
मन्त्रीले यस विषयमा संघीय सांसद केदार सिग्देललाई प्रश्न गर्दा उनी मन्त्रीका अगाडि रातोपिरो अनुहार लगाएर नाजवाफ भएका थिए । अस्पतालको अधिकांश जग्गा मिचेर महल ठड्याउनेहरू स्थानीय नेकपाका नेता–कार्यकर्ता नै रहेको एक बोर्ड सदस्यले बताए । सो क्षेत्रमा अतिक्रमण गरेर बाटो मिचिएका कारण अहिले अस्पताल जान पनि अन्यत्रबाट घुमेर जानुपर्ने अवस्था छ । अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य नेकपाका तर्फबाट मनोनीत हुन् । उनले आफ्ना कार्यकर्ताका तर्फबाट गरिएको अर्घेल्याइँका विषयमा बोल्ने आँट नगर्दा समस्या समाधानमा समस्या परेको बताइएको छ ।
उपचार केन्द्रका कार्यकारी निर्देशकका रूपमा अहिले डा. रामकुमार श्रेष्ठ छन् । केन्द्रका निर्देशक डा. श्रेष्ठले पदबहालीका बेला चालू आवमा अस्पताललाई ५० शैयाको बनाउने र श्वासप्रश्वाससम्बन्धी उपचार पनि सुरु गरिने बताएका घोषणा गरेका थिए । अस्पतालको सेवा विशेषगरी राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई उपचारका गर्न प्रभावकारी भएको छ । अस्पतालमा हाल दैनिक सयभन्दा बढी बिरामीको उपचार हुने गरेको छ । निर्देशक श्रेष्ठ ‘केही जग्गा मिचिएको र धमाधम संरचना निर्माण हुन थालेका’ले आफूहरू चिन्तित भएर प्रशासनको सहयोगमा जानुपरेको बताउँछन् । स्थानीय सरकार, राजनीतिक दल र प्रशासनसहित अस्पतालको टिम संयुक्त बैठक बसेर मन्त्रीज्यूको निर्देशनअनुसार काम अघि बढाउने उनले बताए ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा स्थापना भएको केन्द्रको शुक्रबार निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालको जग्गा मिच्न नदिने प्रतिबद्धता जनाएको पनि दुई हप्ता नाघिसकेको छ । तर पनि मिच्ने क्रममा कुनै कमी नआएको स्थानीय बताउँछन् । अस्पतालको स्वामित्वमा रहेको ७ सय ५० रोपनी जग्गा अतिक्रमण हुने खतरा बढेको आफूले जानकारी पाएको भन्दै उनले सरकारी जग्गा अतिक्रमण गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट शब्दमा बताएका थिए ।
स्थानीय स्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply