विवादास्पद महाप्रबन्धकको कसियो पाता
काठमाडौं । पूर्वाग्रही ढंगले सरुवा गरिएका एक दर्जनभन्दा बढी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कर्मचारीहरूको सरुवा बदर हुन पुगेको छ । उमेर हद नाघे पनि महाप्रबन्धक पदमा लिसोझैं टाँसिएर बसेका सुवास निरौलाले केही महिनापूर्व जथाभावी रूपमा कर्मचारीहरूको सरुवा गरेका थिए ।
पूर्वाग्रह साँधेर कर्मचारीहरूको सरुवा गरेपछि विवादास्पद महाप्रबन्धक सिटौला आलोचित बन्न पुगेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने महाप्रबन्धक सिटौलाको कामलाई गैरकानुनी साबित गर्दै सरुवा बदर गरेको छ । गएको पुस २९ गते मन्त्रालयले लिमिटेडलाई एउटा पत्र पठाएर सरुवा बदर गर्न निर्देशन दिएको हो । मन्त्रालयको पत्रमा भनिएको छ, ‘त्यस लिमिटेडबाट हालसालै भएको कर्मचारी सरुवासम्बन्धी निर्णयहरू हाललाई कार्यान्वयन नगर्ने ।’ मन्त्रालयले सरुवा बदर गर्ने निर्देशन मात्र दिएको छैन, लिमिटेडलाई अर्को निर्देशनसमेत दिएको छ । सो निर्देशन दिँदै स्पष्ट रूपमा ‘आगामी दिनमा त्यस लिमिटेडबाट सरुवालगायत समग्र जनशक्ति व्यवस्थापनका विषयमा मापदण्ड तयार गरी लिमिटेडको सञ्चालक समितिबाट स्वीकृत गराई कार्यान्वयन गर्ने’ पनि भनिएको छ ।
विवादास्पद महाप्रबन्धक सिटौलाले एकैपटक १४ जना कर्मचारीको सरुवा गरेका थिए । आफूलाई सहयोग गर्दै आएका कर्मचारीलाई राम्रो र आकर्षक ठाउँमा राखेर आफ्नो पक्षमा नउभिएका कर्मचारीहरूलाई अपायक ठाउँमा सरुवा गरेका थिए । सरुवा हुनेहरूमा बालाजु औद्योगिक क्षेत्रका भोजराज विनाडीलाई धरानमा, पाटन औद्योगिक क्षेत्रका प्रकाश खड्कालाई वित्तमा, धरान औद्योगिक क्षेत्रका अशोककुमार साहलाई हेटौंडामा, केन्द्रीय कार्यालयका मेरिना चित्रकारलाई भक्तपुरमा, बालाजु औद्योगिक क्षेत्रका एकमाया थापालाई सोही क्षेत्रको अर्को शाखामा, बालाजु औद्योगिक क्षेत्रका शैलेन्द्रप्रसाद श्रेष्ठलाई सोही क्षेत्रको अर्को शाखामा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका दीपकराज आचार्यलाई धरानमा, हेटौंडा औद्योगिक क्षेत्रका राजेन्द्र श्रेष्ठलाई सोही क्षेत्रको अर्को शाखामा, केन्द्रीय कार्यालयका अशोककुमार सिंहलाई बुटवलमा, केन्द्रीय कार्यालयका निरज थापालाई धरानमा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका धीरेन्द्र श्रेष्ठलाई वीरेन्द्रनगरमा, बालाजुृ औद्योगिक क्षेत्रका रमेश खड्कालाई सोही क्षेत्रको अर्को शाखामा, दमक औद्योगिक क्षेत्रका पवन गिरीलाई गजेन्द्रनारायण सिंहमा र हेटौंडा औद्योगिक क्षेत्रका सालिकराम भट्टराईलाई सोही क्षेत्रको अर्को जिम्मेवारीमा सरुवा गरिएको थियो ।
केही अराजक र भ्रष्ट कर्मचारीको मिलेमतो र उक्साहटमा काम गर्दै आएका महाप्रबन्धक सिटौलालाई पाता कस्ने काममा मन्त्रालयले अग्रसरता लिएको छ । सिटौलाले कानुन मिचेर जथाभावी रूपमा काम गर्न थालेपछि मन्त्रालयले उनलाई निर्देशन दिँदै ‘कुनै पनि नीतिगत विषय र दीर्घकालीन असर पर्ने विषयमा एवं मापदण्ड कार्यान्वयनका विषयमा निर्णय गर्दा मन्त्रालयलाई जानकारी गराएर मात्रै गर्ने’ भनिएको छ । महाप्रबन्धक सिटौलाले लिमिटेडको बोर्डलाई बेवास्ता गरेर आफूखुसी जथाभावी रूपमा काम गर्दै आएका थिए ।
One response to “विवादास्पद महाप्रबन्धकको कसियो पाता”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
कठै कठै पत्रकारिताकाे नमुना, यस्ताे गलत समाचार छापेर पत्रिकाकाे गरिमा नघटाउनुस मित्र, जे हाे त्याे छाप्नुस न, हुँदै नभएकाे कुरा छाप्नुभएकाे छ, सरकारी कार्यालय १०दिनसम्म ताला लगाउने विषयमा लेख्नुस न, श्रीमान श्रीमती मिलेर संस्थामा अराजकता गरेकाे, कर्मचारीलाई मानसिक यातना दिएकाे, प्रधानमन्त्रीकाे नाम बेचेर लुट मच्चाएको विषय लेख्नुस, हावा कुरा नलेखम, धन्यवाद ।