अर्थमन्त्रीका कारण गभर्नरमा अन्योल
काठमाडौं । दुई वर्ष अर्थमन्त्री भइसकेका डा. युवराज खतिवडा आफ्नो पदावधि बढाउन पछिल्लो समय तीव्र लबिङमा लागेका छन् । पुनः राष्ट्रियसभाको सदस्य बन्ने र अर्थमन्त्रीमै निरन्तर रूपमा रहने उनको योजना रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कोटामा राष्ट्रियसभामा नियुक्त भएका डा. खतिवडाको सांसदको अवधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रियसभाका सांसदहरूको कार्यावधि बाँडफाँड हुँदा उनी दुई वर्षे अवधिमा परेका थिए । अब अर्थमन्त्रीमा निरन्तरता पाउन उनी पुनः सांसद हुनुपर्ने छ । तर, सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक प्रावधान रहेको हुँदा उनले आगामी ६ महिनासम्म अर्थ मन्त्रालय चलाउन सक्नेछन् ।
राष्ट्रपतिले एक सांसद मनोनयन गर्न पाउने भएको हुँदा डा. खतिवडाले त्यहीमा आँखा लगाएको बुझिएको छ । राष्ट्रपतिले मनोनयन गर्ने सांसदको सिफारिस मन्त्रिपरिषद्बाट हुने भएको हुँदा उनी मन्त्रिपरिषद्बाट सिफारिस गराउने पक्षमा रहेका छन् । करिब दुई वर्षअघि डा. खतिवडा अनपेक्षित रूपमा अर्थमन्त्री भएका थिए । डा. खतिवडा अर्थतन्त्रको राम्रो ज्ञाता भए पनि अर्थमन्त्री बन्न भने सत्तारूढ नेकपाका शीर्ष तहका नेताहरू इच्छुक देखिएका थिए । पहिला पनि अर्थशास्त्रबारे गहन ज्ञान नभएका नेताहरूले अर्थ मन्त्रालय चलाउने अभ्यास गरिसकेका हुँदा पछिल्लोपटक पनि धेरै शीर्ष नेताहरूले अर्थ मन्त्रालयमा आँखा लगाएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रबैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका डा. खतिवडालाई आफ्नो टिममा राखेका थिए ।
पछिल्लो समय अर्थमन्त्री डा. खतिवडा आफ्नो पदलाई निरन्तरता दिने लबिङमा जुटेका हुँदा राष्ट्र बैंकको गभर्नर चयन गर्नेजस्ता विषय ओझेलमा परेका छन् । डा. खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने हो वा होइन भन्ने अन्योल रहेका हुँदा गभर्नरको दौडधुपमा रहेकाहरू सेलाउन पुगेका छन् । आगामी चैतमा वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको पदावधि सकिँदैछ । डा. नेपालको पदावधि सकिन करिब एक महिनाजति बाँकी रहँदा पनि अहिलेसम्म गभर्नरमा कसले बाजी मार्ला भन्ने कुनै अनुमान गर्न सकिएको छैन । सत्तारूढ नेकपासँग निकट अर्थतन्त्र बुझेका विज्ञहरूले गभर्नरका लागि इच्छा देखाउनु स्वाभाविक भए पनि कुन अनुहारले बाजी मार्ला भन्ने अझै स्पष्ट भइसकेको छैन ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply