कांग्रेसमा गुट अदलबदल
काठमाडौं । निर्धारित मितिमा नेपाली कांग्रेसको महाधिवेशन भएमा अझै ठीक एक वर्ष बाँकी छ । २०७७ साल आजकै दिन अर्थात फागुन ७ देखि १० सम्म पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय यसअघि केन्द्रीय कार्यसमितिको बैठकले गरिसकेको छ । तर, महाधिवेशन आउन एक वर्ष बाँकी छँदै अहिल्यैबाट गुट अदलबदलको क्रम सुरु भइसकेको छ । कतिपय नेताले पहिले समाउँदै आएको गुट फेरिसकेका छन्, भने कतिपय कुन समूहमा लाग्दा आफूलाई प्रत्यक्ष फाइदा पुग्छ, त्यो हेरर बसिरहेका छन् । गुट अदलबदलले सबैभन्दा ठूलो घाटा भने कृष्णप्रसाद सिटौलालाई भएको छ ।
कांग्रेसमा अहिले मूलतः चारवटा गुट छन् । पहिलो, सभापति देउवालाई नेता मान्ने संस्थापन समूह । दोस्रो रामचन्द्र पौडेल समूह, तेस्रो कृष्णप्रसाद पौडेल समूह र चौथो विजयकुमार गच्छदार समूह । देउवा, पौडेल र सिटौला गुट अघिल्लो महाधिवेशनमै अलगअलग रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । पछिल्लो समय गच्छदार पनि फोरम छाडेर कांग्रेसमा आएपछि त्यहाँ उनको अलग्गै समूह छ । कांग्रेसले केही दिनअघि भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा प्रस्टसँग चार समूहलाई मिलाएर भागबन्डा गरेर चार गुटलाई संस्थागत रूपमै मान्यता दिइसकेको छ । यीमध्ये ललिता निवास प्रकरणमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइसकेको हुनाले यो गुट अब स्वभाविक रूपमै सकिने बताइन्छ । कांग्रेसनिकट स्रोतका अनुसार गच्छदारलाई नेता मान्नेहरूको समूहका अधिकांश अब देउवातिर जान खुट्टा उचालेर बसेका छन् भने केही व्यक्तिगत सम्बन्धका आधारमा पौडेल समूहतिर लाग्ने तयारीमा छन् । देउवा र पौडेल समूहमा रहेका अधिकांश नेता पहिले जो जतातिर थिए, ती अहिले पनि त्यतै छन् । तर, सिटौला समूह भने छिन्नभिन्न भएको बताइन्छ । सिटौला समूहका नेता उमाकान्त चौधरी अहिले देउवा समूहमा भित्रिसकेका छन् । उनी अहिले देउवा समूहका हरेक भेला बैठकमा जाने गरेका छन् । त्यस्तै युवा नेता गगन थापा र प्रदीप पौडेलले पनि सिटौलाको साथ छाडिसकेको बताइन्छ । गत महाधिवेशन सिटौला समूहबाट महामन्त्रीमा चुनाव लडेका थापा पछिल्लो समय नेविसंघको तदर्थ कमिटी गठनबाट सिटौलासँग रुष्ट भएका हुन् । नेविसंघमा सिटौला समूहले पाएको दुई महामन्त्रीमा थापा एकजना आफ्नो विश्वासपात्र कुन्दनराज काफ्लेलाई बनाउन चाहन्थे । तर, सिटौलाले टेरपुच्छर लगाएनन् । उनले आफ्नो भागका दुई महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेलाई बनाइदिए । यही घटनाबाट बिच्किएका थापाले सिटौलालाई बाइबाई गरिसेको भए पनि देउवा र पौडेलमध्ये कुन समूहमा जाने भन्ने निर्णय भने गरिसकेका छैनन् । आगामी महाधिवेशनबाट जसरी हुन्छ महामन्त्री बन्ने तयारीमा रहेका उनी त्यसबेलासम्म जुन गुट बलियो हुन्छ र जसले महामन्त्रीको टिकट दिन्छ त्यत्तै लाग्ने सुरमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply