दुई मुख्यमन्त्रीको पद धरापमा
काठमाडौं । प्रदेश १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ । उच्च स्रोतका अनुसार यी दुई सरकारविरुद्ध जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने र सरकार ढल्ने सम्भावना बढेको छ ।
नेकपाले नेतृत्व गरिरहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्रीको काम गर्ने स्वेच्छाचारी शैलीविरुद्ध नेकपाका सांसदहरू मात्र होइन, शीर्ष नेतृत्व पनि असन्तुष्ट रहेको छ । स्रोतका अनुसार संसदीय दलमा दुवै मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । बहुसंख्यक सभासद्को मत एकातिर हुदाँहुदै बलजफ्ती प्रदेश राजधानी अर्कैतिर तोक्ने निर्णय गरेका बाग्मती प्रदेशका मुख्यमन्त्रीले सरकार पुनर्गठनमा पनि पार्टीभित्र प्रक्रियागत रूपमा कुनै छलफल नै नगरी एकलौटी गरेको आरोप छ । पार्टीले तोकेका प्रदेश कमिटीका नेतासँग कहिल्यै छलफल नै नगरी सिधै बालुवाटारको पहुँचको धाक देखाएर उनले हरेक निर्णय लिने गरेको बताइन्छ । पछिल्लो मन्त्रीमण्डल पुनर्गठनबाट पूर्वमाओवादीको शीर्ष तहका नेताहरू प्नि असन्तुष्ट रहेको बताइन्छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले अहिलेलाई रोकनुस् भन्दाभन्दै दुई दिन अघि मुख्यमन्त्री पौडेलले तेस्रो प्रयासमा नेकपाका नेता रामेश्वर फुयाँललाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषद्कै बैठकमा आफूलाई अश्लील गालीगलौज गरेको भन्दै तत्कालीन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको थियो । रिक्त रहेको त्यही मन्त्रालयमा विवादकै बीच फुयाँललाई ल्याइएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply