सचिवको दौडमा को–को ?
काठमाडौं । निजामती सेवाको सर्वोच्च पद सचिवमा पाँच सचिव अवकाश भएसँगै सहसचिवहरू सो पदका लागि दौडधुप गर्न थालेका छन् । एकैपटक पाँच सचिव रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । त्यसका लागि सहसचिवहरू दौडधुपमा लागेका हुन् ।
निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको थाहा भएको छ । वरिष्ठ सहसचिवहरू त्यही मेसोमा खुटा उचालिरहेका छन् । सचिव पद रिक्ते भएपछि रिक्त पदमा बढुवा हुने र सोझै गृह मन्त्रालयको सचिव पद रिक्त भएपछि सो जिम्मेवारीमा बढुवा हुने दाउमा कलकत्ताका महावाणिज्यदूत एकनारायण अर्याल, रामशरण पुडासैनी, गृहप्रवक्ता केदारनाथ शर्मालगायत छन् । त्यसो त केही महिनाअघि मात्र निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवहरूको नाम सिफारिस गरेको हो । बढुवा हुनेहरूमा पहिलो नम्बरमा उपेन्द्रकुमार खनाल छन् ।
पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्नुभन्दा पनि एक नम्बरमा सिफारिसमा पर्न दौडधुप गर्ने पद्धति विकास भएको छ ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया अब सुरु हुने बताइन्छ । तथापि, त्यसको अन्तिम टुंगो भने मन्त्रिपरिषद् बैठकले गर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ । अर्याल कुशल प्रशासकका रूपमा परिचित छन् । सुधारक छविका उनी गृहका अनुभवी हुन् । यी तीनमध्ये सबैभन्दा पहिला पाण्डे सचिव बन्नेछन् । पाण्डे शिक्षाका अनुभवी हुन् । पाण्डेलगत्तै अर्याल सचिव बन्नेछन् भने अर्यालपछि पुडासैनीको सचिव बन्ने बाटो खुल्नेछ । त्यसो त उनीहरू सचिव बन्नेक्रममा अन्य वरिष्ठ सहसचिवहरू अर्जुनप्रसाद पोख्रेल, लक्ष्मीकुमारी बस्नेत, मानबहादुर विके, कृष्णबहादुर राउत, गोकर्णमणि दुवाडीलगायत सहसचिवहरू पनि बढुवाका लागि सिफारिसमा पर्नेछन् । तर, तत्काल उनीहरू सचिव बन्ने सम्भावना कम रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply