आन्दोलनको तयारी निजामति
काठमाडौं । सत्तारूढ नेकपानिकट निजामती कर्मचारीहरूले कर्मचारी ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेरै सरकालाई यस्तो चेतावनी दिएका हुन् । नेपाल निजामती कर्मचारी संगठनले आफ्नो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत जानकारी गराइयो । संगठनका अध्यक्ष केदार देवकोटाले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन नै गर्ने चेतावनी दिएका हुन् । उनीहरूले प्रशासनिक संरचनालाई कर्मचारी मैत्री बनाउँदै कर्मचारी समायोजन व्यवस्थापन हुनुपर्नेसमेत धारणा राखे । प्रस्तावित संघीय निजामती सेवा ऐनमा ट्रेड युनियन खारेज गर्नुुपर्ने छलफल उठेकोमा उनीहरूको आपत्ति थियो । उनीहरूले ट्रेड युनियन अधिकारमा संकुचन ल्याउन नहुने बताएका छन् । संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणका क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको भन्दै त्यसमा आफूहरूको आपत्ति वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरूले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै उनले आपत्ति जनाए ।
सो ऐन आफूहरूको सुझावसहित छिटो टुंग्याउनसमेत उनीहरूले आग्रह गरे । संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको महासचिव रेवन्त गौतमले बताए । त्यस्तै, ट्रेड युनियनमा लाग्ने कर्मचारीहरूमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लगाइएको भन्दै उनीहरूले त्यसको खण्डनसमेत गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply