दुई वर्षपछि बल्ल पूर्णता
काठमाडौं । दुई वर्षदेखि ठप्प रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अब गति लिने सम्भावना देखिएको छ । केही दिनअघि नार्कको परिषद्ले पूर्णता पाउनुका साथै नयाँ कार्यकारी–निर्देशक चयन भएसँगै त्यस्तो सम्भावना देखिएको हो ।
कृषि क्षेत्रको प्राज्ञिक एवं अनुसन्धान गर्ने थलो नार्कको परिषद् दुई वर्षदेखि खाली रहँदै आएको थियो । १६ जना रहने परिषद्मा मन्त्रीसहित नौजना विज्ञ मनोनीत हुने गथ्र्याे । तर, दुई वर्षयता विज्ञहरू मनोनीत नहुँदा परिषद् अपूर्ण रहँदै आएको थियो र कुनै निर्णय हुन सकेको थिएन । तर, केही दिनअघि भने मन्त्रिपरिषद्को बैठकले सातजना विज्ञहरूलाई नार्कको परिषद्मा पदेन सदस्यमा नियुक्त गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले परिषद्मा सातजना विज्ञको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेपछि त्यसलाई स्वीकृत गरेको हो । सिफारिस हुनेहरूमा वैज्ञानिक डा. स्वयंप्रकाश श्रेष्ठ, डा. युवनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, यमुना घले, डा. कृष्णप्रसाद पौडेल र सीपी शर्मा रहेका छन् । उनीहरूका कार्यकाल दुई वर्षको रहनेछ । परिषद्को अध्यक्ष भने मन्त्री रहने व्यवस्था रहेको छ ।
नार्कको कार्यकारी निर्देशकमा भने मुख्य वैज्ञानिक डा. दीपक भण्डारी नियुक्त भएका छन् । करिब एक महिनाअघि डा. भण्डारीले कायममुकायम कार्यकारी–निर्देशककको जिम्मेवारी पाएका हुन् । उनी वरिष्ठ कर्मचारीमा पर्दछन् । निमित्त कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङको पदावधि सकिएसँगै रिक्त भएको सो पदमा वरिष्ठमध्येबाट डा. भण्डारीले जिम्मेवारी पाएका हुन् ।
दुई वर्षदेखि परिषद् खाली हुँदा बैठक बस्न सकिरहेको थिएन । बैठक नभएको हुँदा नार्कको कामकारबाही प्रभावित बन्न पुगेको थियो । कर्मचारीहरूको भर्ना, बढुवालगायत सबै प्रक्रिया रोकिन पुगेको थियो । कर्मचारी भर्ना र बढुवासम्बन्धी केही विनियम लोकसेवा आयोगको वर्तमान संरचनाअनुरूप नभएको हुँदा लोकसेवाले त्यसलाई सच्याएर पठाउन भने पनि परिषद्को बैठक बस्न नसक्दा त्यो त्यत्तिकै अड्किएर रहेको थियो । नयाँ कर्मचारी भर्ना प्रक्रिया रोकिँदा नार्कमा करिब ४० प्रतिशत कर्मचारी खाली रहेका छन् । कामु कार्यकारी–निर्देशक डा. भण्डारीले भने, ‘परिषद्ले पूर्णता पाएको हुँदा अब चाँडै नै बैठक बस्छ र रोकिएको कामहरूले गति लिनेछ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply