सडकका अकूतउपर पनि अख्तियारले छानबिन गर्ने
काठमाडौं । सरकारी स्वामित्वको वालुवाटारस्थित ललिता निवासको जग्गामा छानबिन गरेर अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा राजश्व समूह र सडकका भ्रष्टाचारीमाथिको छानबिनलाई तीव्र बनाएको छ । केही दिनअघि मात्र सडकका डीई उपसचिव जितेन्द्र चौधरीविरुद्ध अकूत सम्पत्तिमा मुद्धा दायर गरेको अख्तियारले सडकमा बसेर अकूत सम्पत्ति आर्जन गरेका दर्जनौंमाथि अनुसन्धान गरिरहेको बुझिएको छ । चौधरीले दाङ, विराटनगरसहित धेरै सडक कार्यालय चहारेर अकूत सम्पत्ति कमाएको बताइन्छ । सात पुस्तासम्म पुग्ने सम्पत्ति कमाएर ऐसआराम गरिरहेका उनीहरू अख्तियारले छानबिन गरिरहेको सुइँको पाएपछि तिलमिलाएका छन् ।
विश्वस्त स्रोतका अनुसार अख्तियारले अकूत सम्पत्ति आर्जन गर्ने सडक विभागका पूर्वडीई माधव कार्की, सहसचिव गोपाल सिग्देल, सचिव देवेन्द्र कार्की, बनेपा–सिन्धुली बर्दिबासका आयोजना प्रमुख सूर्यबहादुर भाट, डीई अशोक तिवारी, रूपन्देही सडक डिभिजनका डीई मेघराज मरासिनी, डीई कर्णबहादुर रानाभाट, डीई धर्मेन्द्र झाकेही दिनअघि मात्र सहसचिव बढुवा भएका उमेशबिन्दु श्रेष्ठलगायतको अकूत सम्पत्तिमाथि अनुसन्धान गरिरहेको बुझिएको छ ।
यसैबीच सडकमा तत्कालीन मन्त्री रघुवीर महासेठका पालमा पैसा खुवाएर राम्रा राम्रा आयोजनामा सरुवा भएकालाई अहिले नयाँ आएका मन्त्री वसन्त नेम्बाङले धमाधम तान्न थालेका छन् । तर यसरी तान्दा पनि उनी पैसाको चलखेलबाट मुक्त हुन नसकेको आरोप मन्त्रालयभित्रैका कर्मचारीहरूले लगाउने गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply