एक सहसचिवका लागि नियमको धज्जी
काठमाडौं । सरकारले गत हप्ता गरेको सहसचिवहरूको सरुवामा एकजना सहचिवका लागि भने विधि, नियम, प्रक्रिया सबैको धज्जी उडाएको छ । ती सहसचिव हुन् भुपाल बराल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका उनी सो मन्त्रालयको प्रवक्तासमेत थिए । कुनै कर्मचारीको सरुवा गर्दा सामान्यतया मन्त्रालयमा गरिन्छ । त्यसपछि मन्त्रालयले अरू विभागमा खटाउने गरिन्छ । तर, बरालको सरुवामा यो सबै प्रक्रियालाई धोती लगाइएको छ ।
बरालकोे सरुवा गर्दा ठ्याक्कै विभाग तोकेर गरिएको छ । उनले मन्त्री हृदयेश त्रिपाठीलाई पैसा खुवाएर यसरी विभाग नै तोकेर सरुवा गराएको चर्चा अहिले सामान्य प्रशासन मन्त्रालयभित्र व्याप्त छ । विभाग नतोकी मन्त्रालयमा सरुवा गर्दा मन्त्रालयले कुनै जगेडामा फ्याँकिदिने डरले उनले मन्त्रीलाई पैसा खुवाएर विभाग नै तोकेर सरुवाको व्यवस्था मिलाएको बताइन्छ । मन्त्रालय स्रोतका अनुसार कुनै कर्मचारीलाई विभाग तोकेर सरुवा गरेको पहिलो घटना हो । सामान्य प्रशासन मन्त्रालयले सरुवाको नीति प्रणालीविपरीत उनलाई अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यलयमा सरुवा गरिएको हो । सो कार्यालय अर्थअन्तर्गतको आकर्षक कार्यालय मानिन्छ । जबकि, उनको सरुवा अर्थ मन्त्रालयमा हुनुपथ्र्यो । त्यसपछि अर्थले खटाउनुपथ्र्यो ।
त्यसो त संघीय मामिलामन्त्री भएपछि उठ्तीपुठ्तीमा लागेका मन्त्री त्रिपाठीले त्यहाँ कार्यरत तीनैजना सहसचिवलाई हटाएर आफूअनुकूलका ल्याएका छन् । त्रिपाठी भौतिकमन्त्री हुँदाका निजी सचिव वसन्त अधिकारीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीबाट अहिले आफ्नै मन्त्रालयमा ल्याएका छन् । यसअघि सामान्यमा रहेका केदार पनेरूलाई अर्थ मन्त्रालय र अर्का सहसचिव बाबुराम अधिकारीलाई राजस्व तालिम केन्द्र पुल्चोक पठाइएको छ । यो तालिम केन्द्र अर्थअन्तर्गतको जगेडाजस्तो मानिन्छ । अर्थले पदस्थापन र सरुवा भएर आएका सहसचिव तथा उपसचिवहरूलाई २० दिन बितिसक्दा पनि कुनै जिम्मेवारी नदिई अलपत्र पारेको बताइन्छ । यसैबीच केही दिनअघि मात्र सचिव बढुवामा सिफारिस भएका हरिशरण पुडासैनीको बढुवाको रिजल्ट आउनासाथ राजस्व सचिव बन्ने अर्थ मन्त्रालयभरि चर्चा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply