नेपाल ट्रस्टको जग्गाबारे सरकारको श्वेतपत्र
काठमाडौं । सरकारले नेपाल ट्रस्टका अधिकांश जग्गा यती समूहलाई प्रक्रिया मिचेर दिएको भन्दै सरकारमाथि निरन्तर प्रश्न उठेपछि ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिजो पत्रकार सम्मेलन गरेर श्वेतपत्र जारी गरेका छन् । १ सय ३६ पृष्ठ लामो श्वेतपत्रमा उनले यती समूहसँग जोडिएका जग्गा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला लिजमा दिएको उल्लेख गरेका छन् ।
दरबार मार्ग र ताहाचलको जग्गा लिजमा दिँदा दाहाल र देउवा प्रधानमन्त्री भएको प्रस्ट पार्दै उनले गोकर्ण रिसोर्टलाई लिजमा दिँदा भने राज्यलाई १ अर्बभन्दा बढी थप लाभ मिल्ने दाबी पेस गरेका छन् । यती समूहको गोकर्ण रिसोर्टलाई पाँच वर्ष अवधि बाँकी छँदै २५ वर्षका लागि जग्गा लिजमा दिएको विषयलाई लिएर वर्तमान सरकारको प्रतिपक्षले कडा आलोचना गर्दै आएको थियो भने हालै सम्पन्न सत्तारूढ दल नेकपाको केन्द्रीय समिति बैठकमा पनि यो विषय गम्भीर रूपमा उठेको थियो । यती समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वाभाविक रूपमा संरक्षण गरेको आरोप लाग्ने गरेको छ ।
पोखेरलद्वारा जारी श्वेतपत्रमा नेपाल ट्रस्टका नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी जग्गा रहेको र त्यसमध्ये १५ हजार रोपनी त जंगल मात्रै भएको उल्लेख छ । श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडांैमा ४ हजार ४ सय ४२ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी, ललितपुरमा करिब ९ रोपनी, नुवाकोटमा २ सय ४० रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा १० रोपनी, सिन्धुपाल्चोकमा करिब २८ रोपनी, सुर्खेतमा ५ सय ५७ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, चितवनमा ७ सय ६८ रोपनी र सबैभन्दा बढी धादिङमा १५ हजार १ सय १ रोपनी जग्गा छ । काठमाडौंका केही महँगा ठाउँको जग्गा विभिन्न कम्पनीले लिजमा प्रयोग गरेको उल्लेख गरिएको छ । दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनीजस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएको र ती जग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टान्डर्ड चार्टर्ड बैंकलगायत निजी कम्पनीहरू छन् । धेरैजसो जग्गा मोहीले भोगचलन गरिरहेको पनि श्वेतपत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply