उमेर नाघेका सिटौलाविरुद्ध उजुरी
काठमाडौं । उमेर हद नाघिसके पनि पदमै रहेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । ६५ वर्ष उमेर नाघिसके पनि अझै महाप्रबन्धकको जिम्मेवारीमा रहेका उनीविरुद्ध पदबाट हटाइमाग्न मुद्दा दायर गरिएको हो ।
महाप्रबन्धक सिटौलाविरुद्ध मुद्दा दायर भएपछि उनलाई आउँदो फागुन २७ गते उपस्थित हुन आउन सर्वोच्च अदालतले आदेश दिएको छ । गएको फागुन १६ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उत्प्रेषण जारी गर्दै ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको परिप्रेक्षमा विचार गर्दा दुवै पक्ष राखी निष्कर्षमा पुग्न मनासिब हुने देखिएकाले अन्तरिम आदेशको छलफलका लागि मिति २०७६÷११÷२७ गते मंगलबारको दिन १० बजे उपस्थित हुन आउनू भनी विपक्षीहरूलाई म्याद सूचना पठाई निवेदकलाई सोहीबमोजिमको तारेख तोकी सोको सूचनासमेत विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू’ भन्ने व्यहोरो उल्लेख गरिएको छ ।
महाप्रबन्धक सिटौला र उनलाई नियुक्त गर्ने अर्थ मन्त्रालयलगायतविरुद्ध बालाजुका विवशराज श्रेष्ठले मुद्दा दायर गरेका थिए । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताद्वय परशुराम कोइराला र सुरेन्द्र थापाले बहस गरेका थिए ।
कानुनतः ६५ वर्ष उमेर नाघेपछि सरकारी पदमा बस्न नपाइने भए पनि महाप्रबन्धक सिटौला भने उमेर हद नाघिसक्दा पनि महाप्रबन्धकको जिम्मेवारीमा जबर्जस्ती रहँदै आएका छन् । ६६ वर्ष भइसक्दा पनि उनी हठपूर्वक महाप्रबन्धकको जिम्मेवारीमा छन् । औद्योगिक क्षेत्रका अध्यक्ष नन्दकिशोर बस्नेतले उनलाई बिदा दिएको पत्र दिए पनि र सो पत्र बुझे पनि उनी पदमा रहँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply