देउवाको ओत लाग्दै सिटौला
काठमाडौं । पार्टीको अघिल्लो १३औं महाधिवेशनमा आफूलाई साथ दिएका नेताले धमाधम छाड्दै गएपछि कृण्षप्रसाद सिटौला अन्ततः सभापति शेरबहादुर देउवाको ओत लाग्न पुगेका छन् । पछिल्लो कार्यविभाजनमा दुई आमन्त्रित केन्द्रीय सदस्य र एक विभाग प्रमुख पाएपछि सिटौला संस्थापन समूहसँग घुस्रन पुगेका हुन् ।
अघिल्लो महाधिवेशनमा सिटौलालाई काँधमा बोकेर हिँडेका युवा नेता गगन थापा, उमाकान्त चौधरी लगायतले साथ छाडेपछि तिलिमिलाएका उनी कांग्रेसभित्रको पछिल्लो कचिंगलमा रामचन्द्र पौडल समूहको भेला बैठकमा जाने गरेका थिए । तर, पौडल समूहले देउवाको जति विरोध गरे पनि केहि गर्न सक्ने आँट नदेखेपछि उनी पुनः देउवातिर लागेको बताइन्छ । सिटौलाले पनि साथ दिएपछि देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्दै आएका छन् । २० वटा विभाग गठन गर्दा पौडेल समूहलाई एकजना पनि दिएनन् । आमन्त्रित सदस्य पनि सुधीर शिवाकोटी र गोपाल बस्नेत दुईजना सिटौलालाई दिए भने २० विभागमा एकजना शिव हुमागार्इं सिटौला समूहलाई दिएर १९ जना आफ्नो समूहका राखे ।
पौडेल समूहले विरोध गर्ने तर परिणाममै परिवर्तन ल्याउन सक्नेगरी केहि गर्न सक्ने पाइन नदेखेपछि देउवाले एकलौटी निर्णय लिएको बताइन्छ । त्यसो त पौडेल समूहभित्र देउवाका विरुद्ध एकजस्तो देखिए पनि प्रकाशमान सिंह, कोइराला परिवार आदिका अलगअलग गुट भएका कारण पनि त्यो समूहले आफ्ना कदमविरुद्ध धक्का दिने हैसियत नराख्ने देउवा पक्षको बुझाइ छ । पौडेल समूहको निरीहता र संस्थापन समूहको कदमलाई हेर्दा आगामी महाधिवेशनमा पनि देउवा नै नेतृत्वमा आउने आँकलन गर्न थालिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply