कोरोनाका कारण नेकपाका कार्यक्रम प्रभावित
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण सरकारको कार्यक्रम मात्र होइन, राजनीतिक दलका कार्यक्रमहरूसमेत प्रभावित बन्न थालेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबारको लागि राखेको प्रदेश १ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल झापा पुगेका थिए । तर, उनी आफैंले कोरोनाको त्रासका कारण प्रदेश स्तरीय भेलाका साथै २१ फागुनमा सुखानीमा हुने सहिद स्मृतिसभा पनि स्थगित भएको जानकारी गराएका छन् । सहिद स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि झापा जाने तयारीमा थिए । त्यस्तै, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि झापा जाने अन्तिम तयारीमै थिए । त्यस्तै, नेकपा भ्रातृ संगठन युवासंघले पनि आफ्ना घोषित कार्यक्रमहरू स्थगित गरिएको बताएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ठूलो जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको थियो । त्यसअनुसार धेरै भेला हुने सार्वजनिक कार्यक्रम धमाधम स्थगित हुन थालेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा परेको भन्दै सरकारले भीडभाड र विवाह भोज नगर्न सोमबार निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम नेकपाले भेला स्थगित बताइएको छ ।
सरकारले कोरोनाको जोखिम रोकथाम नियन्त्रण र समन्वयका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा छुट्टै समिति नै बनाएर काम गरिरहेको छ । यसक्रममा जोखिम भएका मुलुकहरूमा उडान बन्द गर्नेदेखि सीमानाकामा कडाइ गर्नेसम्मका कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउँदै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply