राष्ट्रियसभामा रित्तिँदै कांग्रेस
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा नेपाली कांग्रेस रित्तिँदै गएको छ । राष्ट्रियसभाको कुल ५९ सिटमा सुरुमा प्रमुख प्रतिपक्ष कांग्रेसका १३ सांसद रहेकोमा आजबाट ६ सांसद बाँकी छन् भने दुई वर्षपछि चारजना मात्र रहनेछन् । दुई वर्षको गोलाप्रथाबाट ६ जना गुमाएको कांग्रेसले त्यसको सट्टा भएको निर्वाचनमा एकजना पनि जित्न सकेन भने एकजना दुर्गाप्रसाद उपाध्यायको फागुन पहिलो हप्ता निधन भएको थियो ।
हिजोबाट कांग्रेसका सुरेन्द्रप्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंसहित मुक्तकुमारी यादव, धनकुमारी खतिवडा, दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे र बिन्दादेवी राना दुईवर्षे कार्यकाल सकेर बिदा भए भने नेकपा बलराम प्रसाद बाँस्कोटा, मीना बुढा, राजकुमार यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, धनकुमारी खतिवडा, रमेशप्रसाद यादव, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली साथै राजपाका वृशेषचन्द्र लाल र रमेशकुमार यादव पनि हिजैबाट बिदा भएका छन् ।
१८ जना सांसदको दुईवर्षे कार्यकाल सकिने भएपछि त्यसका लागि गत माघ ९ मै निर्वाचन भएको थियो । सो निर्वाचनबाट गोपी अछामी, देवेन्द्र दाहाल, इन्दु गौतम, तुलसा दाहाल, राधेश्याम पासवान, वेदुराम भुसाल, गंगा बेलबासे, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, सुमित्रा बिसी, शारदा भट्ट, तारामान स्वाँर, मृगेन्द्रप्रसाद सिंह यादव र शेहर सिंह निर्वाचित भएका थिए । उनीहरूको शपथ आजै संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply