राष्ट्रियसभामा रित्तिँदै कांग्रेस
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा नेपाली कांग्रेस रित्तिँदै गएको छ । राष्ट्रियसभाको कुल ५९ सिटमा सुरुमा प्रमुख प्रतिपक्ष कांग्रेसका १३ सांसद रहेकोमा आजबाट ६ सांसद बाँकी छन् भने दुई वर्षपछि चारजना मात्र रहनेछन् । दुई वर्षको गोलाप्रथाबाट ६ जना गुमाएको कांग्रेसले त्यसको सट्टा भएको निर्वाचनमा एकजना पनि जित्न सकेन भने एकजना दुर्गाप्रसाद उपाध्यायको फागुन पहिलो हप्ता निधन भएको थियो ।
हिजोबाट कांग्रेसका सुरेन्द्रप्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंसहित मुक्तकुमारी यादव, धनकुमारी खतिवडा, दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे र बिन्दादेवी राना दुईवर्षे कार्यकाल सकेर बिदा भए भने नेकपा बलराम प्रसाद बाँस्कोटा, मीना बुढा, राजकुमार यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, धनकुमारी खतिवडा, रमेशप्रसाद यादव, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली साथै राजपाका वृशेषचन्द्र लाल र रमेशकुमार यादव पनि हिजैबाट बिदा भएका छन् ।
१८ जना सांसदको दुईवर्षे कार्यकाल सकिने भएपछि त्यसका लागि गत माघ ९ मै निर्वाचन भएको थियो । सो निर्वाचनबाट गोपी अछामी, देवेन्द्र दाहाल, इन्दु गौतम, तुलसा दाहाल, राधेश्याम पासवान, वेदुराम भुसाल, गंगा बेलबासे, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, सुमित्रा बिसी, शारदा भट्ट, तारामान स्वाँर, मृगेन्द्रप्रसाद सिंह यादव र शेहर सिंह निर्वाचित भएका थिए । उनीहरूको शपथ आजै संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply