कसको पल्ला भारी ?
काठमाडौं । पाँच वर्षे पदावधि सकिएर नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल बिदा हुनै लाग्दा गभर्नर बन्न आकांक्षीहरूको दौडधुप सुरु भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकटका व्यक्तिहरू नै गभर्नर बन्ने भएको हुँदा विभिन्न नेताले समेत आफूनिकटका सम्भावित पात्रहरूलाई काखी च्याप्न थालिसकेका छन् ।
गभर्नरका आकांक्षीहरू करिब आधा दर्जनभन्दा बढी देखिए पनि अहिलेसम्मको दौडमा तीनजनाले अग्रता लिइरहेका छन् । जसमा, अर्थसचिव राजन खनाल, लगानी बोर्डका कार्यकारी–प्रमुख तथा पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी र डा. मीनबहादुर श्रेष्ठ रहेका छन् । राष्ट्र बैंककै डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र निलम्बनमा परेर केही समयअघि सफाई पाएका शिवराम श्रेष्ठ पनि दौडधुपमा छन् ।
गभर्नरको दौडमा अहिलेसम्म अर्थसचिव खनालले अग्रता लिएको बुझिएको छ । उनको पक्षमा सत्तारुढ नेकपाकै केही प्रभावशाली नेताहरूले लविइङ गर्न थालेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आश्वासन दिइसकेको बताइन्छ । अर्थमा छँदा प्रभावकारी काम गरेका हुँदा खनाललाई गभर्नर बनाउने पक्षमा प्रभावशाली नेताहरू नै तयार रहेको बुझिएको छ ।
लगानी बोर्डका कार्यकारी–निर्देशक अधिकारी पनि कमजोर पात्र भने मानिँदैन । राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी सम्हालिसकेका अधिकारीले नेपालको बैंकिङ क्षेत्रबारे धेरै बुझेका हुँदा उनलाई गभर्नर बनाउनुपर्ने कुरा पनि उठिरहेको छ । उनी प्रधानमन्त्री ओलीले समेत पत्याइएका व्यक्ति भएका हुँदा उनको पनि सम्भावना रहेको बुझिएको छ ।
डा. श्रेष्ठलाई गभर्नर बनाउन भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पहल गरिरहेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहिसकेका डा. श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री भएका बेला उनको आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए । अझ, प्रचण्डले त अर्थमन्त्री डा. खतिवडालाई बोलाएरै ‘गभर्नरका लागि छलफल गर्नुपर्छ, राम्रो पात्र चयन गर्नुपर्छ’ भनिसकेको बुझिएको छ । गभर्नरमा प्रचण्डको पनि चासो रहेको र डा. श्रेष्ठलाई उनले आश्वासन दिइसकेको बुझिएको छ । त्यसकारण पनि गभर्नर छनोटमा प्रचण्डले पनि भूमिका निभाउन सक्ने अड्कल लगाउन थालिएको छ ।
डेपुटी गभर्नर सिवाकोटीले पनि तीव्र दौडधुप गरिरहेका छन् । केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीकै हातबाट उनले अर्थतन्त्रसम्बन्धी आफ्नो पुस्तक विमोचन गराए । त्यसलाई प्रधानमन्त्री ओलीसँग निकट रहने उनको तरिकाका रूपमा बुझेका छन् । तर, पुस्तक विमोचन समारोहमा उनले खाजापानीका लागि गरेको खर्चलाई लिएर भने टिप्पणी भएको बुझिएको छ । महँगा होटलबाट कसले लगानी गरेर खाजा मगाए ? भन्ने चर्चा बालुवाटारभित्रै चलेको बताइन्छ । विमोचन समारोहको खाजापानी व्यवस्थापनमा कुनै व्यापारीले नै लगानी गरेको बुझिएको छ । अर्का डेपुटी गभर्नर श्रेष्ठले दौडधुप गरे पनि उनी निकै पछि रहेको बताइन्छ । केही समयअघि मात्रै सफाइ पाएको हुँदा र उनी कांग्रेसको सिफारिसमा डेपुटी भएका हुँदा उनलाई बोक्नेहरू खासै नभएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply