कोरोनाको समस्या आए चीनको सहयोग
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विश्वभर फैलिरहेको कोरोनाको संक्रमण नेपालमा पनि फैलिएमा चीन सरकारको भरपुर सहयोग रहने बताएकी छन् । हिजो मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसगँको भेटमा उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । मन्त्री भट्राई र राजदूत यान्छीबीचको भेटमा कोरोना भाइरसको संक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्वतयारीबारे कुराकानी भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारे बताइन् । राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने प्रतिबद्धता जनाइन् । उनले कोरोनाभाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्दै चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताइन् ।
भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरूमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायत विषयमा सरकारले गरिरहेको तयारीबारे मन्त्री भट्टराईले जानकारी गराएका थिए । मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति सरकारले भीडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरूमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोनाभाइरसबारे सञ्चार माध्यमहरूबाट सचेतनामूलक सूचनाहरू पनि प्रवाह गरिएको जानकारी गराए । भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्यायलगायत मातहतका निकायका प्रमुखहरूको उपस्थिति थियो । भेटमा नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारी सहभागी थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply