कोरोनाको समस्या आए चीनको सहयोग
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विश्वभर फैलिरहेको कोरोनाको संक्रमण नेपालमा पनि फैलिएमा चीन सरकारको भरपुर सहयोग रहने बताएकी छन् । हिजो मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसगँको भेटमा उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । मन्त्री भट्राई र राजदूत यान्छीबीचको भेटमा कोरोना भाइरसको संक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्वतयारीबारे कुराकानी भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारे बताइन् । राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने प्रतिबद्धता जनाइन् । उनले कोरोनाभाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्दै चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताइन् ।
भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरूमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायत विषयमा सरकारले गरिरहेको तयारीबारे मन्त्री भट्टराईले जानकारी गराएका थिए । मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति सरकारले भीडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरूमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोनाभाइरसबारे सञ्चार माध्यमहरूबाट सचेतनामूलक सूचनाहरू पनि प्रवाह गरिएको जानकारी गराए । भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्यायलगायत मातहतका निकायका प्रमुखहरूको उपस्थिति थियो । भेटमा नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारी सहभागी थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply