सुस्ताएको सुस्तायै समाजकल्याण
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङले जिम्मेवारी पाएपछि केही समयदेखि सुस्ताएको समाजकल्याण परिषद्ले गति लिन थालेको छ । तर, अझै पनि ठूलो संख्यामा पदाधिकारीहरू खाली हुँदा अपेक्षाकृत रूपमा भने काम हुन सकेको छैन ।
मन्त्री गुरुङले समाजकल्याण परिषद्को कामलाई तीव्रता दिन केही समयअघि परिषद्को निमित्त सचिवमा शिव बस्नेतलाई ल्याएका छन् । उनी परिषद्कै निर्देशकमा कार्यरत थिए । यसअघिका सचिव राजन पौडेलको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि बस्नेतलाई ल्याइएको हो ।
परिषद्लाई चुस्त र गतिशील बनाउने प्रयत्न भए पनि अझै पदाधिकारी र सदस्य गरी आठ पद रिक्त छन् । उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरू डिल्ली भट्ट, गोकर्ण भट्ट र इन्द्रकुमार झालाई सरकारले बर्खास्त गरेपछि उनीहरूले दिएको रिटको अझै फैसला भइसकेको छैन । आफूहरूलाई पुनर्बहाली गर्नुपर्ने रिट दिएपछि फैसला नभएको हुँदा विगत डेढ वर्षदेखि परिषद् पदाधिकारीविहीन रहेको छ । बर्खास्तीमा परेका पदाधिकारी र सदस्यहरूले दिएको रिटको फैसला नहुँदा परिषद्मा नयाँ पदाधिकारी र सदस्यहरू नियुक्त हुन सकेका छैनन् ।
रिट हालेका पदाधिकारी र सदस्यहरूले पदावधि भने आगामी जेठमा सकिँदै छ । उनीहरूको जेठसम्ममा फैसला नहुँदा के हुने भन्ने कानुनी प्रश्न उठ्न पुगेको छ । जेठमा नै परिषद्का तीनवटा कोषका पदाधिकारी र सदस्यहरूको पनि पदावधि सकिँदै छ । पदावधि सकिनेहरूमा राष्ट्रिय अपांग कोष, स्वास्थ्य कोष र ज्येष्ठ नागरिक कोषका पदाधिकारी र सदस्यहरू रहेका छन् । कोषका पदाधिकारी र सदस्यहरू खाली हुनै लाग्दा सत्तारूढ नेकपाका कार्यकर्ताहरू अहिलेदेखि नै दौडधुप सुरु गरिसकेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply