सुस्ताएको सुस्तायै समाजकल्याण
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङले जिम्मेवारी पाएपछि केही समयदेखि सुस्ताएको समाजकल्याण परिषद्ले गति लिन थालेको छ । तर, अझै पनि ठूलो संख्यामा पदाधिकारीहरू खाली हुँदा अपेक्षाकृत रूपमा भने काम हुन सकेको छैन ।
मन्त्री गुरुङले समाजकल्याण परिषद्को कामलाई तीव्रता दिन केही समयअघि परिषद्को निमित्त सचिवमा शिव बस्नेतलाई ल्याएका छन् । उनी परिषद्कै निर्देशकमा कार्यरत थिए । यसअघिका सचिव राजन पौडेलको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि बस्नेतलाई ल्याइएको हो ।
परिषद्लाई चुस्त र गतिशील बनाउने प्रयत्न भए पनि अझै पदाधिकारी र सदस्य गरी आठ पद रिक्त छन् । उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरू डिल्ली भट्ट, गोकर्ण भट्ट र इन्द्रकुमार झालाई सरकारले बर्खास्त गरेपछि उनीहरूले दिएको रिटको अझै फैसला भइसकेको छैन । आफूहरूलाई पुनर्बहाली गर्नुपर्ने रिट दिएपछि फैसला नभएको हुँदा विगत डेढ वर्षदेखि परिषद् पदाधिकारीविहीन रहेको छ । बर्खास्तीमा परेका पदाधिकारी र सदस्यहरूले दिएको रिटको फैसला नहुँदा परिषद्मा नयाँ पदाधिकारी र सदस्यहरू नियुक्त हुन सकेका छैनन् ।
रिट हालेका पदाधिकारी र सदस्यहरूले पदावधि भने आगामी जेठमा सकिँदै छ । उनीहरूको जेठसम्ममा फैसला नहुँदा के हुने भन्ने कानुनी प्रश्न उठ्न पुगेको छ । जेठमा नै परिषद्का तीनवटा कोषका पदाधिकारी र सदस्यहरूको पनि पदावधि सकिँदै छ । पदावधि सकिनेहरूमा राष्ट्रिय अपांग कोष, स्वास्थ्य कोष र ज्येष्ठ नागरिक कोषका पदाधिकारी र सदस्यहरू रहेका छन् । कोषका पदाधिकारी र सदस्यहरू खाली हुनै लाग्दा सत्तारूढ नेकपाका कार्यकर्ताहरू अहिलेदेखि नै दौडधुप सुरु गरिसकेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply