गभर्नर बन्नेहरूका तीव्र लबिइङ
काठमाडौं । विश्वव्यापी रूपमै फैलिएको कोरोना भाइरसको महामारीले नेपालको अर्थतन्त्रलाई समेत धक्का लाग्ने निश्चित देखिएको छ । अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने अनुमान गरिएसँगै सरकारले भने आर्थिक क्षेत्रका राम्रा ज्ञातालाई केही दिनपछि रिक्त हुन लागेको नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालको यही हप्ता पदावधि सकिँदैछ । नेपालको पदावधि सकिएसँगै नयाँ गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ । तर, सिफारिस समिति गठन हुनुअगावै केही आकांक्षीले लबिइङ गर्न थालिसकेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरूकहाँ लबिइङ गर्नेहरू पछिल्लो समय बढेको छ ।
नेकपाका शीर्ष तहका नेताहरूबीच पनि तीन÷चारजना सम्भावित व्यक्तिहरूमाथि छलफल चलिरहेको बुझिएको छ । तर, अन्तिममा भने प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका व्यक्ति नै गभर्नर बन्ने निश्चितप्रायः देखिन्छ । अहिले चर्चामा रहेकाहरूमा राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा अहिले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारी, पूर्वअर्थ सचिव राजन खनाल, अर्थविद् डा. गोविन्दबहादुर थापा र राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठमध्ये एकजना नै गभर्नर बन्ने बलियो सम्भावना रहेको छ ।
पूर्वएमालेका केही शीर्ष तहका नेताहरूले अधिकारीलाई जिम्मेवारी दिनुपर्ने कुरा उठाइरहेका छन् । तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमाओवादी केन्द्रका नेताहरूले भने डा. श्रेष्ठलाई गभर्नरमा लैजानुपर्ने बताइरहेका छन् । दुवै बैंकिङ क्षेत्रलाई गहिराइसम्मै बुझेका व्यक्ति हुन् । पूर्वएमाले वृत्तमा डा. थापालाई गभर्नर बनाउनुपर्ने कुरा पनि उत्तिकै जोडदार रूपमा उठिरहेको छ । राष्ट्र बैंकमै लामो समय रहेका, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको तीनपटकसम्म आर्थिक सल्लाहकार भइसकेका र एसियाली विकास बैंकको पनि अनुभव बटुलेका डा. थापाको अनुभव र दक्षतालाई उपयोग गर्नुपर्ने कुरा पनि उठिरहेको छ । अहिलेसम्म कुनै विवादमा नआएका डा. थापाको पनि गभर्नरमा सम्भावना रहेको बताइन्छ । पूर्वअर्थ सचिव खनालको पक्षमा पनि केही नेता देखिएका छन् ।
दुईजना डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठले पनि दौडधुप गरिरहेका छन् । तर, गभर्नरका निम्ति उनीहरूभन्दा प्रबल दाबेदार देखिएका छन् । सिवाकोटी विभिन्न आरोपहरूमा मुछिएका र श्रेष्ठले चाहिँ भर्खरै सफाइ पाएका हुँदा उनीहरू कमजोर उम्मेदवार मानिन्छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply