कोरोना नजाँची पठाउँछन् टेकुका कर्मचारी
काठमाडौं । सरकारले कुनै पनि जाँचपडतालमा नेपालमा अहिलेसम्म कोरोनाको भाइरस नेगेटिभ देखिएको अर्थात् अहिलेसम्म कसैलाई कारोना नलागेको बताइरहेको छ । तर, सीमित स्रोतसाधनका बीच हो वा कर्मचारीहरूमा संकटका बेला इमानदार भएर काम गरौं भन्ने भावना नभएर हो, यसको जाँचका लागि जाने बिरामीहरुलाई भने हदै लापरबाही गरेर यत्तिकै नजाँची पठाउने गरेको पाइन्छ ।
शुक्रराज ट्रपिकल सरुवारोग नियन्त्रण अस्पताल तथा इपिडियोमोलोज महाशाखाका लागि मन्त्रालयले जुनसुकै सरुवा रोगका लागि करोडौं बजेट छुट्ट्याउने गर्छ । यही कोरोनाको हल्ला चल्न थालेपछि पनि पटक–पटक बैठक गरेर योजना पेस गर्दै बजेट पचाउन थालिएको छ । तर, जुन उद्देश्यका लागि बजेट छुट्ट्याएर आवश्यक प्रबन्ध गरिएको छ, त्यो प्रबन्धअनुसार काम हुन सकेको पाँइदैन ।
डा. अनुप बास्तोलाले सो केन्द्रको कमान्ड सम्हालेका छन् । तर, तिनको व्यवस्थापन हे¥यो भने भद्रगोल रहेको बताइन्छ । दुई दिनको बीचका कोरोना भाइरसको अशांका लागेर पुगेका दुईजना बिरामीलाई केही जाँचबुझ नै नगरीकन तलैका कर्मचारीहरुले सामान्य सोधपुछ गरी उसै फर्काएबाट हाम्रा कर्मचारी कति जिम्मेवार रहेछन् र सरकार कत्तिको गम्भीर भएर लागेको रहेछ भन्ने स्पष्ट भएको छ ।
वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले हेर्दै आएका पुराना केही बिरामीको उदाहरण लिन सकिन्छ । १२ दिनअघि दुबईमा एक विवाहका लागि गएका व्यक्ति नेपाल फर्किएर रुघाखोकी लाग्ने, टाउको दुख्ने भएपछि डा. दीक्षितकै सल्लाहअनुसार टेकु पुगेका रहेछन् । त्यहाँ उनीहरुले सामान्य सोधपुछ गरेर अहिले जाँच गर्नुपर्दैन, केही समस्या छैन भनेर हचुवाका भरमा आश्वस्त पारेर पठाइदिएछन् । यदि विदेशबाट ती व्यक्तिलाई कोरोना सरेर आएको रहेछ भने उनले अरूलाई संक्रमण फैलाएर महामारी फैलिए को जवाफदेही बन्ने भन्ने प्रश्न गम्भीर भएको छ । यो लापरबाहीको हद भएको डा. दीक्षित बताउँछन् । त्यस्तै अर्को पनि उदाहरण उनले दिएका छन् । उनको पुरानो र नियमित एक बिरामी उनीकहाँ आएका रहेछन् । सम्भावित कोरोनाको लक्षण देखिएपछि ती व्यक्तिलाई पनि डा. दीक्षितले केन्द्रका प्रमुख डा. अनुप बास्तोलासँग आफैंले कुरा गरेर सम्भव भए क्वारेन्टाइनमा राख्न र नभए पनि जाँच गरेर पठाउन भनेछन् । केही हप्ताअघि भारत र इटालीका विशेषज्ञहरूसहित नेपालमा सेमिनार सम्पन्न गरेका ती व्यक्ति आफ्ना साथीहरु स्वदेश फिर्ता भइसकेपछि रुघाखोकी र ज्वरोले शिथिल भएर डा. दीक्षितकहाँ पुगेका रहेछन् । ती व्यक्तिलाई पनि टेकुका कर्मचारीहरूले यत्तिका दिनसम्म केही नभएपछि अब केही हुन्न, जानुस् भनेर उसै फिर्ता पठाएको बताइएको छ । यस्तो लापरबाही गर्ने, आएका व्यक्तिलाई झनै संशय पैदा गरेर फर्काउने कार्य गलत भएको डा. दीक्षितको भनाइ छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply